
थुनामा रहेको व्यक्तिलाई छुटाइदिन्छुभन्दै प्रभावमा पार्ने गोरखाका घले पक्राउ
थुनामा रहेका व्यक्तिलाई छुटाईदिन्छु भन्दै अनुचित प्रभावमा पार्ने गोरखाको जितबहादुर घले पक्राउ परेका छन् । बारपाक सुलिकोट गाउँपालिका–१ बारपाक घर भई ललितपुर बस्दै आएका ५४ वर्षीय घलेलाई प्रहरीले पक्राउ गरेको हो । उच्च पदस्थ व्यक्तिहरुसँग सम्पर्क रहेको भन्दै घलेले थुनामा रहेका व्यक्तिलाई छुटाइदिने आश्वासन देखाएर अनुचित प्रभावमा पारेको प्रहरीले बताएको छ । घलेविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहारको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।




