
माविस्तरीय वक्ततृत्वकला प्रतियोगितामा महालक्ष्मीकी मृदुषा अर्याल प्रथम
गोरखा नगरपालिका भित्रका माध्यमिक विद्यालयस्तरीय वक्ततृत्वकला प्रतियोगितामा महालक्ष्मी माविकी मृदुषा अर्याल प्रथम बनेकी छिन् । मनासलु बचत तथा ऋण सहकारी संस्था लिं.को आयोजनामा ‘सहकारी शिक्षा आजको आवश्यकता’ शिर्षकमा भएको मावि स्तरीय वक्ततृत्वकला प्रतियोगितामा अर्याल प्रथम बनेकी हुन् ।
प्रतियोगितामा नवज्योती माविकी रितिका थापा द्धितिय, सरस्वती माविकी कृशला मालवुल तृतिय र शक्ति माविका रवि सुनार सान्तवना बनेका छन् । प्रथम, द्धितिय, तृतिय र सान्तवना हुनेले क्रमश ४०००, ३०००, २००० र १००० हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
संस्थाका अध्यक्ष शंकर बहादुर थापा मगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।




