| बिहिबार, असार ३, २०८३

गडहेड्सद्वारा ६ विद्यालयका ७७ विद्यार्थीलाई छात्रवृत्ति वितरण

गोरखा जिल्ला स्वास्थ्य तथा शिक्षा विकास स्किम(गडहेड्स)ले गोरखा नगरपालिका भित्रका विभिन्न ६ वटा सामुदायिक विद्यालयका ७७ जना विद्यार्थीहरुका लागि छात्रवृत्ति प्रदान गरेको छ । मंगलबार बालमन्दिर माविमा एक कार्यक्रम गरी ६ वटै विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोशाक, जुत्ता, मोजा, झोला, कापी, कलम, क्याल्कुलेटर, जोमेट्रिक सेट र सिलाइ खर्चबापत जनही पाँचसय रुपैयाँ नगद हस्तान्तरण गरेको हो ।

प्रतिविद्यार्थी छ हजार रुपैयाँ बराबरको सिकाइ सहयोग सामग्री वितरण गरेको संस्थाका अध्यक्ष लक्ष्मण आचार्य कार्यक्रम आयोजना गरियो । संस्थाका अध्यक्ष लक्ष्मण बाबु आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नवज्योति मावि डण्डीडाँडाका १० जना, मनकामना बहिरा माविका १० जना, महेन्द्रज्योति मावि र बाल मन्दिर माविका २०, २० जना, शक्ति माविका १० जना र रत्न लक्ष्मी माविका ७ जना विद्यार्र्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको थियो ।

सो संस्थाले यसवर्ष द्रव्यशाह बहुमुखी क्याम्पसका ५ जना विद्यार्थीहरुलाई प्रति विद्यार्थी रु १४ हजार नगद वितरण गर्ने कार्यक्रम तय गरेको छ । गडहेड्सले सदरमुकामका साथै बारपाक, बगुवा, नयाँसाँघु भच्चेक र पालुङटारका गरी कूल १३७ जना विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउने छ ।

प्रतिक्रिया दिनुहोस्