| सोमवार, जेष्ठ १०, २०८३

रास्वपाको नगरअधिवेशन : शिशिर प्रधानको सभापतित्वमा कार्यसमिति सर्वसम्मत

सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको गोरखा नगर कार्य समिति र पालुङ्टार नगर कार्य समितिको अधिवेशन सम्पन्न भएको छ । पालुङ्टारको शनिबार र गोरखाको आइतबार नगर अधिवेशन सम्पन्न भएको हो ।

नगर समितिका लागि पालुङ्टारमा मतदान भएको थियो भने गोरखा नगरपालिकामा सर्वसम्मत चयन भएको थियो ।

अधिवेशनले शिशुबाबु(शिशिर) प्रधानको सभापतित्वमा १३ सदस्यीय गोरखा नगर कार्यसमिति चयन गरेको हो । समितिको उपसभापतिमा बबिता पन्त श्रेष्ठ, सचिवमा पदमप्रसाद(अमृत) भट्टराई चयन भएका छन् ।
त्यस्तै अधिवेशनले सदस्यहरुमा तोरण केशी, मदिना(असिरा) मियाँ, निरु बस्नेत, महेश्वर बस्नेत, सुदीप खत्री, नवराज बस्नेत चयन भएका छन् । संयोजकमा ईश्वर श्रेष्ठलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा प्रकाश दवाडी, बासुदेव काराखेती, कृष्णबहादुर थापा चयन भएका छन् ।

केन्द्रीय महाधिवेशन प्रतिनिधिमा अर्जुन बानियाँ र कृष्णबहादुर थापा, प्रदेश प्रतिनिधिमा हरिबहादुर कुँबर र वेदराज अर्याललाई चयन गरेको छ । त्यस्तै जिल्ला अधिवेशन प्रतिनिधिमा मोहनरत्न शाक्य, आनन्द अधिकारी, सजिता नराल र योगेन्द्रजंग बस्नेतलाई चयन गरेको छ ।

अधिवेशनको उद्घाटन सत्रमा सांसदहरु कवीन्द्र बुर्लाकोटी, शोभा खनाल तथा जिल्ला सभापति सुवर्ण रोकायालगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्