
ट्याक्टर दुर्घटनामा बालकको मृत्यू
ट्याक्टर दुर्घटनामा परि गोरखामा १३ बर्षका एक बालकको मृत्यू भएको छ । भीमसेनथापा गाउँपालिका २ रातामाटेमा ना ६ त ६०५९ नंबरको ट्याक्टर दुर्घटना हुँदा भीमसेनथापा ३ माथिल्लोगाउँका १३ बर्षका विक्रम बस्यालको मृत्यू भएको हो ।
गोरखा बजारबाट निर्माण सामग्री बोकेर आरुघाटतर्फ जाँदै गरेको सो ट्याक्टर मध्यराती १ः३० बजे बाटोबाट करिब ३० मिटर तल खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
दुर्घटनामा सिरानचोक ८ जौबारीका ट्याक्टर चालक राजन परियार र विक्रम बस्याल घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि प्रदेश अस्पताल गोरखा ल्याएकोमा राती ३ः३० बजे मृत्यू भएको डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।




