
ट्रकको ठक्करबाट मान्बुका तीन बर्षीय बालकको मृत्यु
गोरखा नगरपालिका–८ फुलवारी पाठशाला नजिकै मिनि ट्रकको ठक्करबाट तीन बर्षीय बालकको मृत्यु भएको छ ।
आरुघाट गाउँपालिका–१ धुन्चेत घरभई हाल गोरखा सदरमुकाम बस्ने युहन्ना गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
वुधवार साँझ करिव ६ बजे घ्याम्पेशालबाट बिरेन्चोक जाँदै गरेको ग १ ख ७४४३ नम्वरको मिनि ट्रकले गुरुङलाई ठक्कर दिएको हो । चालक गोनपा–११ का हिराबहादुर कुमाल र ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।




