| बिहिबार, बैशाख १६, २०८३

गोरखामा भरुवा बन्दुकसहित एकजना पक्राउ

गोरखामा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । प्रहरीले आरुघाट गाउँपालिका–२ मान्बुबेशीका ३६ वर्षीय बाबुराम बोगटीलाई पक्राउ गरेको जनाएको छ । उनको साथबाट एकथान भरुवा बन्दुक र छर्रा बरामद गरिएको प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

मंगलबार प्रकाउ परेका उनलाई बुधबार हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा गोरखा जिल्ला अदालतमा मुद्दा दर्ता गरी ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको डिएसपी श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्