| बुधबार, बैशाख १५, २०८३

बिभिन्न कार्यक्रम गरी गोरखा अस्पतालले मनायो बार्षिक उत्सव

प्रदेश अस्पताल गोरखाले ५३ औं बार्षिक उत्सव मंगलवार विविध कार्यक्रम गरि मनाएको छ । उत्सवको अवसरमा अस्पतालाई सहयोग गर्ने संस्था एवं व्यक्तिहरु सम्मानित भएका छन् । गोर्खाली बचत तथा ऋण सहकारी संस्था, सिम्रन क्रसर उद्योग र सोमबहादुर गुरुङलाई करदपत्रले सम्मान गरिएको अस्पतालले जनाएको छ ।

गुरुङ शहिद लखन गाउँपालिका वडा नम्वर ७ निवासी हुन् । उत्सवकै अवसर पारेर रक्तदान कार्यक्रम समेत भएको थियो । दश जनाले रक्तदान गरेको अस्पतालका गणेश सिलवालले बताए । अस्पतालले पाँच वटा नयाँ परिक्षण सेवा पनि थप गरेको छ । कार्यक्रममा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शम्भु अधिकारिले अस्पतालको सेवा र अन्य बिषयमा सहजिकरण गरेका थिए ।

अस्पताल व्यवस्थापन समिति अध्यक्ष कृष्ण ढकालको अध्यक्षता तथा गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयका सचिब डा. युवानिधी बसौलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अस्पताल व्यवस्थापन समिति सदस्य ऋषिराम खत्री, बिद्या मास्के, प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका जनस्वास्थ्य अधिकृत नवराज खड्का लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्