
बार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंक गोरखाद्धारा ग्राहकलाई सम्मान
राष्ट्रिय वाणिज्य बैक लिमिटेड गोरखा शाखाले ग्राहकहरुलाई सम्मान गरेको छ । ६१ औं बार्षिकोत्सवको अवसर पारेर शनिवार एक कार्यक्रमकाबीच पाँच जना ग्राहकलाई सम्मान गरिएको कार्यालयले जनाएको छ । सम्मानित हुनेहरुमा कर्जातर्फ शिवध्वज खत्री, कृष्णमान श्रेष्ठ, निक्षेपतर्फ प्रमिला ढकाल कार्की, रेनुका थापा मगर र डिजिटल कारोवारतर्फ सविता श्रेष्ठ रहेका छन् ।
उनीहरुलाई कदरपत्रले सम्मान गरिएको बैंकका गोरखा शाखा प्रवन्धक सोम पौडेलले बताए । पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रवन्धक रविना थापा, पत्रकार महासंघ गोरखा शाखाका उपाध्यक्ष बिकास मरहट्टा, सम्मानित ग्राहक लगायतले मन्तव्य राखेका थिए ।




