| आइतवार, कार्तिक ८, २०८३

माछाखोलाको ल्होसार जात्रामा जुवाको खाल

धार्चे ५, माछाखोला मेलामा जुवा खेल्ने गरेका छन् । गत पुस १५, ल्होसारको दिनदखि चलेको मेलामा दिनहुँ जुवा खेल्ने गरेको स्थानीयको भनाइ छ ।
जुवा खेल्ने क्रममा झगडासमेत हुने गरेको स्थानीयबासी बताउँछन् ।
मेला सुरू भएको चार दिन भयो । पहिलो दिन त जुवा(कौडा) खेलेनन् । भोलिपल्टदेखि दिनहुँ जुवा(कौडा) खेल्छन्, असुरक्षित हुने डरले नाम नखुलाइदिन आग्रह गर्दै उनले भने, अस्ति राति पनि कुटपिट भयो, हिजो राति पनि झगडा भयो । ल्होसार मेलाको बद्नाम हुनेगरी मेलामा जुवा खेलाइएको उनीहरु बताउँछन् ।

मेलास्थल वरिपरि पाँच, छ खाल जुवा(कौडा) खेल्ने, खेलाइने गरिएको अर्का स्थानीय बताउँछन् । मेला आयोजक तथा प्रहरी चौकीमा खबर गर्दा पनि जुवा बन्द नगरिएको उनको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्