| शुक्रबार, बैशाख १७, २०८३

महालक्ष्मी माविका २५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित महालक्ष्मी माविमा अध्ययनरत २५ जना विद्यार्थीलाई विद्यालय पोशाकसहित शैक्षिक सामग्री वितरण गरिएको छ । कक्षा १ देखि ९ सम्मका गरिब असहाय तथा जेहेन्दार विद्यार्थीलाई एनआईएमबी बैङ्क गोरखा शाखाको समन्वयमा एनआईएमबी बैङ्क केन्द्रीय कार्यालय काठमाडौँको आर्थिक सहायोगमा उक्त सामग्री वितरण गरिएको हो ।

सहयोगमा प्रति विद्यार्थी पाँच हजारका दरले कापी, कलम, क्याल्कुलेटर, ज्यामिती बक्स, जुत्ता–मोजा, झोला, न्यानो विद्यालय पोशाक प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक टेक बहादुर उपरकोटीले जानकारी दिए ।

विद्यालय ब्यावस्थापन समितिका जेष्ठ सदस्य राजकुमार थापाको अध्यक्षता तथा गोरखा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष कुलबहादुर कुँवरको प्रमुख अतिथ्यतामा भएको शैक्षिक सामग्री वितरण कार्यक्रममा एनआईएमबी बैङ्क गोरखा शाखाका प्रबन्धक मिलन बस्नेत, उपप्रबन्धक मिमि श्रेष्ठ, शाखाका कर्मचारी इलियस मियाँलगायतको उपस्थितिमा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्