
सांसद बजगाईंले दुर्गमका दुई विद्यार्थीलाई निःशुल्क पढाउने
गोरखा क्षेत्र नं. १ का सांसद राजेन्द्र बजगाईले दुर्गमका दुई जना विद्यार्थीलाई निशुल्क पढाई दिने भएका छन् । एसईईमा राम्रो जिपिए ल्याए उर्तिण भएका चुमनुब्री गाउँपालिका–३ निवासी मान बहादुर गुरुङ (३.४३ जिपिए) र धार्चे गाउँपालिका–२ रुञ्चेत निवासी सुजाता गुरुङ (३.४८ जिपिए) लाई उनले पूर्ण छात्रवृत्तिमा काठमाण्डौंस्थित नासा कलेजमा पढाई दिन लागेका हुन् ।
उनीहरुलाई पूर्ण छात्रवृत्तिमा विज्ञान र कम्प्युटर साइन्स अध्ययनका लागि भर्ना गरिएको उनले जानकारी दिए । ‘गोरखाका दुःर्गम क्षेत्रका दुई मेधावी विद्यार्थीहरू सुजाता गुरुङ र मान बहादुर गुरुङलाई अध्ययनका लागि पूर्ण घात्रवृत्तिमा भना गरिदिएको छु’ उनले भने । यो कार्यले शिक्षा क्षेत्रमा मात्रै होइन, गोरखाली युवाको भविष्य निर्माणमा पनि महत्वपूर्ण आशा जगाएको सांसद बजगाईंको भनाई छ ।




