
ग्रामीण सडकमा बस चल्न थाले
दरौंदी ःवर्षाका कारण बिग्रिएका गोरखाका ग्रामीण सडकखण्डहरुमा मर्मतपछि बस चल्न थालेको छ । गोरखा भच्चेक सडक बाहेक अन्य ग्रामीण रुटमा सडक मर्मत पछि यात्रुबाहक बस चल्न थालेका गोरखा यातायात ब्यबसायी समितिका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले बताए ।
‘भच्चेकमा करीब एक किलोमीटर सडक मर्मत गर्न बाँकी छ ’ उनले भने ‘ अब एक दुई दिनमा त्यहाँ पनि बस जान्छ, अन्तपनि बर्षाले रोकीएका सडकमा गाडी गैसक्यो ।’ लगातारको बर्षाका कारण जिल्लाको धेरैजसो ग्रामीण सडकमा चैतदेखी नै बस चल्न छाडेका थिए । चाडबाडलाई लक्ष्यीत गर्दै ति सडकको मर्मत गरिएको हो ।
जिल्ला समन्वय समिति र ११ किलो छेवेटार भालुस्वाँरा वारपाक सडक योजनाले ठेक्का लगाएका सडकको मर्मत सम्बन्धित ठेकेदार र शाखा सडकहरुको मर्मत सम्बन्धित स्थानीय तहले गरेका हुन् । जिल्ला प्रशासन कार्यालयमा एक साताअघि भएको छलफलमा निर्माण ब्यवसायीहरुले असोज २० गतेसम्ममा सडक मर्मत गरिसक्ने प्रतिवद्धता जनाएका थिए । वर्षाअघिसम्म बस चलिरहेका जिल्लाका ३४ वटा ग्रामीण कच्ची सडकको मर्मत भएको जिल्ला समन्वय समितिले जनाएको छ ।




