
दाईलाई पढाउन आया काम गर्थिन् टुहुरी सलिना
दरौंदी ः चुमनुब्री ३, देवलकी कान्छी गुरुङ(सलिना) जन्मेको दुई बर्ष हुँदा बुबाको मृत्यू भएको थियो । बुबाको मृत्यू भएको दुईबर्षपछि आमा पनि दोस्रो बिहे गरेर सल्लेरी गइन् । घरमा उनी र उनीभन्दा डेढबर्ष जेठा दाइ मात्र थिए । देबलमा रहेको घर पनि पहिरोले लग्यो ।
छिमेकको रेख देखमा रहेका उनीहरु ले साह्रै दुख पाएको देखी दोस्रो बिहे गरेर गएकी आमाले पाल्न सल्लेरी लगेकी थिइन् ।
बिगत नौ महिनादेखि उनी एकदिनको बाटो टाढा पर्ने नुब्री प्राबिको छात्रबासका विद्यार्थीको स्याहार गर्ने, पकाउने, तुल्याउने, गरेर दाइलाई पढाइ रहेकी थिइन् । ‘दाई वुद्ध माविमा नौ मा पढिरहेको छ’, वडा अध्यक्ष गुरुङ भन्छन्, ‘दाइलाई पढाउने खर्चको जोहो गर्न उनी गपको स्कूलमा आयाको काम गर्न गएकी हुन् ।’ उनले सात कक्षा पढेर छोडेकी थिइन् । ‘म पढेर दाइलाई कसले खर्च पु¥याउने त भन्थिन्’, गुरुङले भने ।
उनको दुर्घटना भएको दिन आमा उनलाई लिन भनेर गप जाँदै थिइन् । तर आमा नपुग्दै उनी दुर्घटनामा परिन् । ‘आमा गप पुग्दा उनलाई हेलिकोप्टरले उडाइसकेको थियो’, गुरुङले भने, ‘आमा छोरीको भेट हुनै पाएन ।’




