
सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता घोषणा गरेर बेखबर
प्रगतिशील युवा नेपाल नामक एक संस्थाले गोरखा जिल्लाकै सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता आयोजना गर्ने भनी गरेको आफ्नै घोषणा उल्लंघन गरेको छ । पत्रकार सम्मेलन गरी वैशाखको २९ गते(वुद्धजयन्ती)ेदेखि जेठ २ गतेसम्म प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको सो संस्थाले खेल रद्ध भएको सूचनासमेत नगरी सम्पर्कबिहिन भएको हो ।
पत्रकार सम्मेलन गरी घोषणा गरेको खेलकुद सूचनासमेत नगरी रद्ध हुनुको कारणबारे जान्न प्रगतिशील युवा नेपालका अध्यक्ष दीपक थापा तथा प्रतियोगिताका संयोजक रवि तामाङलाई सम्पर्क गर्ने प्रयास गर्दा दुवैजनाको फोन रिसिभ भएको छैन ।
प्रगतिशील युवा नेपाल नामक सो संस्थाले ‘प्रथम गोर्खा कप भलिबल प्रतियोगिता’ नाम दिएर प्रतियोगिता आयोजना गर्न लागेको थियो भने उपाधी बिजेतालाई तीन लाख नगद पुरस्कार दिने घोषणा गरेको थियो । साथै द्वितीय हुनेलाई एक लाख ५० हजार र तृतीय हुनेलाई ७५ हजार नगद पुरस्कार दिने घोषणा गरेको थियो ।
३४ लाख २५ हजार खर्च हुने घोषणा गरेको सो संस्था प्रतियोगिता नै नगरी सम्पर्कबिहिन भएपछि सरोकारवाला खेलप्रेमीहरुले चासो राखेका छन् ।




