| सोमवार, अशोज ११, २०८३

अबदेखि गुरुकुल पृथ्वी बाल विकासको भवनमा

गोरखा नगरपालिका वडा नं ६ सञ्चारटोलस्थित पृथ्वी बाल विकास स्कुलको भवन गोरक्षनाथ बैदिक गुरुकुललाई हस्तान्तरण गरेको छ । शनिबार गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरले बन्द अवस्थामा रहेको पृथ्वी बाल बिकासको भवन गोरक्षनाथ वैदिक गुरुकुललाई हस्तान्तरण गरेको हो ।
गोरखा नगरपालिकाको गत वर्षको कार्यपालिका बैठकले भवन हस्तान्तरण गर्ने निर्णय गरेको थियो । सोही अनुसार पृथ्वी बाल विकास स्कूलको शिक्षकहरुलाई अन्यन्त्र सरुवा गरिसकेको विद्यालयका पूर्व प्रअ सुदीप उपरकोटीले बताए । विद्यालयको भवन विगत एक वर्षदेखि बन्द अवस्थामा रहेको उनले जानकारी दिए ।
गोरखा नगरपालिकाले गोरखा आश्रमको भवनबाट संचालन हुदै आएको गोरक्षनाथ बैदिक गुरूकुललाई पृथ्वी बाल बिकास स्कुलको बन्द रहेको भवन हस्तान्तरण गरेको हो । यसले बन्द भएको पृथ्वी बाल विकासको विद्यालय भवन उपयोग हुनुका साथै गुरुकुल संचालनमा समेत सहजता आउने नगरपालिकाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्