| बिहिबार, असार १०, २०८३

गाउँपालिकाद्धारा एसईई दिएर बसेकाहरुलाई निशुल्क कम्प्युटर तालिम

गोरखाको आरुघाट गाउँपालिकाले पालिकाभित्र माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीहरुलाई निशुल्क रुपमा कम्प्युटर तालिम दिने भएको छ । गाउँपालिकाले पालिकाभित्र एसईई दिएर बसेका विद्यार्थीका लागि निशुल्क आधारभुत कम्प्युटर तालिमको शुभारम्भ गर्न लागेको हो ।

पालिकाले एसइई दिएका बिद्यार्थीहरुलाई खेर जाने समयको सदुपयोग गर्दै कम्प्युटर शिक्षा प्रदान गर्नका लागि तीन महिने आधारभूत कम्प्युटर तालिम सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । एसइईपछि नतिजा नआउँदासम्मको विद्यार्थीहरुको फुर्सद समयमा खेर फाल्न दिनुहुँदैन भन्ने उद्देश्यका साथ तालिम सञ्चालन गर्न लागिएको पालिकाले जनाएको छ ।

पालिकाले आर्थिक वर्ष २०८१/८२ को बजेट तथा कार्यक्रमको उपाध्यक्ष उद्यमशीलता कार्यक्रम अन्तरगत निशुल्क तालिम दिन लागेको हो । तालिम लिन इच्छुक विद्यार्थीहरुले बैशाख मसान्तभित्र पालिकाको कार्यालयमा निवेदन बुझाउनु पर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्