| आइतवार, कार्तिक २९, २०८३

निर्धारित समयमै ठेक्काका काम सक्न ठेकेदारलाई आग्रह

दरौंदी ः जिम्मा लिएको काम निर्धारित समयमै सम्पन्न गर्न बैठकमा सहभागी प्रजिअ, राजनीतिक दलका प्रतिनिधि, उपभोक्ता हित संरक्षण मञ्च, पत्रकारलगायतले ठेकेदारहरुलाई आग्रह गरेका थिए । नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्ण धितालले सडक मर्मतमा ढिलाई नगर्न निर्माण ब्यबसायीलाई आग्रह गर्दै अलमल भए राजनीतिक दल वा स्थानीय जन प्रतिनिधि मार्फत समाधान गर्न सकिने बताए । नेपाली कांग्रेसकी नेतृ बिनाकुमारी श्रेष्ठले समयमै काम पूरा गरी आफ्नो दायित्व पूरा गर्न आग्रह गरिन् । पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापाले स्थानीय तहले नदीजन्य पदार्थमा ठेक्का लगाउँदा आफ्नो क्षेत्रमा सञ्चालित सडक लगायतका ठुला आयोजना हरुलाई नदीजन्य सामाग्रीको अभाव नहुने गरी विशेष ब्यबस्था गर्नुपर्ने सुझाव दिए ।
ठेक्कापट्टाको काम चलिरहेका सडकको मर्मत तोकिएको समयभित्र गरिसक्ने निर्माण ब्यवसायी महासंघका केन्द्रिय सदस्य उत्तम भट्टले बताए । ‘हामी सबै निर्माण ब्यबसायी यो विषयमा गम्भीर छांै, केही साथीहरुले काम थालिसक्नुभएको छ’, उनले भने, ‘अरु साथीहरुले पनि अब सडक मर्मत गर्नुहुन्छ ।’ सडक मर्मत नहुँदा जिल्लाका ग्रामीण सडकमा पानी पर्न कम भएपनि गाडी चल्न सकेका छैनन् ।
अब हुने मर्मतबाट मुख्य सडकखण्डमा सहजरुपमा गाडी चल्न सक्ने प्रमुख जिल्ला अधिकारी भट्टराईको विश्वास छ ।‘सडक मर्मत भए नभएको स्थानिय तह, सम्बन्धीत कार्यालय, प्रशासन, जनसमुदाय सबैतिरबाट अनुगमन हुन्छ । यदि उनीहरुले प्रतिबद्धता गरेअनुसार काम गरेनन् भने कारबाही हुन्छ ।’
बैठकमा सहभागी निर्माण ब्यबसायीहरुले नदीजन्य निर्माण सामाग्रीको अभावमा काम गर्न समस्या परेको, बिभिन्न अबरोधका कारण ठेक्का पाए जति गिटी बालुवा निकाल्न नपाएको, मौसम अनुकुल नहँुदा आयोजनास्थलसम्म सामाग्री ढुवानी गर्न समस्या परेको लगायतका कारण आयोजनाहरु को काम समयमै पूरा हुन नसकेको, सम्बन्धित कार्यालयबाट समयमै बिल भुक्तानी नहुँदा पनि समस्या परेको लगायतका गुनासो गरेका थिए ।
सोही विषयमा बैठकले स्थानीय तहलाई नदीजन्य सामग्री निकाल्ने ठेक्का छिटो लगाउन र काम सकेका निर्माण ब्यबसायीको भुक्तानी उपलब्ध गराउन सम्बन्धीत कार्यालयलाई आग्रह गर्ने लगायतका निर्णय पनि गरेको छ

प्रतिक्रिया दिनुहोस्