
शिब श्रेष्ठको नेतृत्वमा हिमालय भुपू विद्यार्थी समिति गठन
शहिद लखन गाउँपालिका वडा नं. ६ घैरुङमा रहेको हिमालय माविमा भुतपूर्व विद्यार्थी समिति गठन भएको छ । सोमबार विद्यालयले एक कार्यक्रम गरि एस.एल.सि पहिलो ब्याज २०६८ का शिब श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय भुपू विद्यार्थी समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा थोमस ढकाल, सचीव कृष्ण गुरुङ, सह–सचिव कुसुम गुरुङ र कोषाध्यक्षमा सुमन श्रेष्ठ चयन भएका छन् । यस्तै सदस्यहरु सुमना श्रेष्ठ, उत्तम गुरुङ, मनोज श्रेष्ठ, सन्दिप श्रेष्ठ र रेनुका कोइराला चयन भएका हुन् ।
कार्यक्रममा विद्यालयका प्रधानध्यापक रामचन्द्र भट्टराईले विद्यालयको प्रगति प्रतिवेदन पेश गर्नु भएको थियो।
साथै उनले विद्यालयको वर्तमान शैक्षिक, भौतिक र आर्थिक अवस्थासहित भाबव रणनितिका बारेमा जानकारी गराएका थिए ।
सुन्दरबजार नगरपालिका वडा न १० मा वडा सचीव पदमा कार्यरत नवनिर्वाचित श्रेष्ठले शैक्षिक, भैतिक र आर्थिक पक्ष लगायत विद्यालयको समग्र विकासको लागि भुतपूर्व विद्यार्थीहरुले विदालयसँग हातेमालो गर्ने प्रतिबद्धता जनाएका छन् ।
विद्यालय व्यवस्थापन समितीको अध्यक्ष मनोज श्रेष्ठको अध्यक्षमा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षकहरु र २०६८ साल पछिका भुतपुर्व विद्यार्थीको उपस्थिति रहेको थियो।




