
राष्ट्रिय जीवन वीमा कम्पनी लिमिटेडको सञ्चालक समिति सदस्यमा गोरखाका थापा
राष्ट्रिय जीवन वीमा कम्पनी लिमिटेडको सञ्चालक समिति सदस्यमा गोरखाका राजनविक्रम थापा चयन भएका छन् । नेपाल राष्ट्र वैंकका निर्देशक थापा राष्ट्र वैंकको प्रतिनित्व गर्दै सञ्चालक समिति सदस्यमा चयन भएका हुन् ।
थापा गोरखा नगरपालिका ३ नारेश्वर(गोनपा ५ सतिपिपल)का हुन् ।
राष्ट्रिय वीमा कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा अर्थमन्त्रालयका सहसचिव महेश बराल छन् । बराल यसअघि जिल्ला विकास समिति गोरखाका स्थानीय विकास अधिकारी थिए ।
थापाले सञ्चालक समितिको सदस्य पद सम्हाल्दै नीतिगत तहमा आफ्नो ज्ञान अनुभव र क्षमताले यथासक्य योगदान गर्ने बताएका छन् । ‘देशको आर्थिक विकासका लागि आन्तरिक साधन र पूँजीको परिचालन गर्न, विदेशी मुद्राको व्यायभार रोक्न तथा दक्ष व्यवसायिक बीमा कम्पनी स्थापना गर्ने उद्देश्यले स्थापित यस कम्पनीको नीतिगत तहमा आफ्नो ज्ञान, अनुभव र क्षमताले केही योगदान गर्न सकेमा आफूलाई भाग्यशाली ठान्नेछु’, उनले भने, ‘यस अवसरमा मलाई विभिन्न माध्यमबाट बधाइ र शुभकामना दिनुहुने सबै आफन्त, शुभचिन्तकको आशा र भरोशालाई सम्झेर काम गर्नेछु ।’
विक्रम संवत् २०२४ सालमा राष्ट्रिय वीमा संस्थान स्थापना भएको थियो भने राष्ट्रिय वीमा संस्थानको ऐन २०२७ बनेको थियो । सोही ऐनअनुसार २०२९ सालदेखि संस्थानअन्तर्गत राष्ट्रिय जीवन वीमा समिति बनेको थियो ।




