| सोमवार, अशोज ११, २०८३

धार्चेमा दुई दिने शैक्षिक सामाग्री निर्माण कार्यशाला सम्पन्न

धार्चेमा दुई दिने शैक्षिक सामाग्री निर्माण कार्यशाला सम्पन्न भएको छ । जापान सरकार परराष्ट्र मन्त्रालय (मोफा) को आर्थिक सहयोग तथा चाइल्ड फण्ड जापानको प्राविधिक सहयोगमा धार्चेको–५ माछिखोला स्थित जनजागृति माविमा कार्यशाला सम्पन्न भएको हो ।

कार्यक्रमलाई एकिकरण नेपालले संयोजन गरेको थियो । कार्यशालामा जनजागृति माविमा अध्यापन गराउने १५ जनाको सहभागिता रहेको एकिकरण नेपाल गोरखाका कार्यकारी निर्देशक हरि देवकोटाले बताए । उक्त कार्यशाला तालिममा एकिकरण नेपालकी परियोजना अधिकृत काजल गुरुङ र फिल्ड कार्यक्रम अधिकृत रज्जाक मियाँले सहजीकरण गराएको उनले जानकारी दिए ।

तालिममा शैक्षिक सामाग्री छपाई सम्बन्धी सामाग्रीहरु तथा विषयगत शैक्षिक सामाग्री र शब्द लेखनको बारेमा छलफल भएको थियो । साथै, बाल केन्द्रित क्रियाकलापहरु र सिर्जनशील लेखनका विभिन्न बाल केन्द्रित विधिहरुका बारेमा तालिम प्रदान गरिएको एकिकरण नेपालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्