| सोमवार, अशोज ११, २०८३

धार्चेको प्रभातकिरण माविका बिद्यार्थीलाई झोला र शैक्षिक सामग्री वितरण

उत्तरी गोरखाको धार्चे गाउँपालिका–७ लापुवेशीस्थित प्रभातकिरण माध्यमिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई झोला र शैक्षिक सामग्री वितरण गरिएको छ । बिहिबार बिद्यालयमा आयोजित एक कार्यक्रमका बीच माहिली एशोसिएशन नेपाल नामक संस्थाले बिद्यार्थीलाई शैक्षिक सामग्रीसहितको बिद्यालय झोला वितरण गरेको हो ।

इसिडिदेखि दश कक्षासम्मका करिव डेढ सय बिद्यार्थीलाई झोला वितरण भएको बिद्यालयकी शिक्षक नविना गुरुङले बताइन् । झोलासँगै पेन्सिल, पेन्सिल व्याग, कापी, कलर लगायतका शैक्षिक सामग्री पनि वितरण भएको उनले जानकारी दिइन् ।

बिहीवार बिद्यालयमा आयोजित एक कार्यक्रमका बीच संस्थाका अध्यक्ष गणेश गुरुङले बिद्यार्थीलाई झोला र शैक्षिक सामग्री वितरण गरेका हुन् । कार्यक्रमकै अवसरमा बिद्यालयका शिक्षकहरुलाई पनि झोला वितरण भएको बताइएको छ ।

बिद्यार्थीको पठनपाठनमा सहयोग पु¥याउने उदेश्यसहित झोला र शैक्षिक सामग्री वितरण गरिएको संस्थाका अध्यक्ष गुरुङले बताए । ‘यसअघि पनि अन्य बिद्यालयमा सहयोग गर्दै आएका थियौँ,’ उनले भने, ‘कोभिड महामारी यता सहयोग जुटाउन नसक्दा कार्यक्रम गर्न सकिएको थिएन । यो पटक अलिअलि संकलन गरेर प्रभातकिरण माविमा सहयोगको कार्यक्रम ग¥यौँ ।’

आगामि दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्