
को थिए भिमदत्त पन्त ? किन भयो उनको हत्या ?
रमेश रमण खनाल ।
देशमा जाहनीय राण शासनले जनतालाई गाँस, बाँस, कपास, स्वास्थ्य, सुरक्षा तथा रोजगारी जस्ता अत्यवश्यकीय बस्तुहरुबाट पूर्णतह बन्देज जस्तै गरिएको थियो । मुलुकमा राजा भए पनि राजा स्थापनाका मात्र खोपीका राजा बनाएको थियो । सत्ताको सम्पूर्ण ताला चाबी तीनै राणा शासकहरुको हातमा थिए । जनतालाई परेका पिडा र मर्काको बारेमा राजाहरु जानकार हुदाँ हुदैँ पनि उनीहरुको केही जोर चल्दैन थियो ।
त्यो कुरालाई राम्रो सँग बुजेका नेपाली जनता, राजा, दरबारीय शक्ति र तात्कालीन नेपाली कांग्रेस पार्टी सानोमा हिस्सामा उदयमान भएको भए पनि नेपाल कम्युनिष्ट पार्टीका नेता मोन वैद्य किरण, मनमोहन अधिकारी, पुष्पलाल श्रेष्ठ जस्ता नेताहरुले समेत यो देशमा जब सम्म राणा शासकहरुको विगविगी रहन्छ, त्यति बेला सम्म नेपाल र नेपाली जनताको मुक्ती र प्रगति हुदैँन भन्ने अठोटका साथ जहानीय राणा शासनको अन्त्य प्रजातन्त्रको स्थापनालाई मूल र साँझा एजेण्डा बनाएर राजा, कांग्रेस, राजाबादी शक्त्तिहरु, बाम शक्त्तिहरु राणाहरुको विरुद्धमा खडा भएका थिए ।
त्यहीँ विद्रोहमा खडा हुने नेपाली कांग्रेस भित्रका एक जना शसक्त, जुजारु, इमान्दार र राष्ट्रबादी लोक प्रिय नेता थिए, भिमदत्त पन्त । बि.सं. १९८३ सालमा डाँडेलधुरामा जन्मिएका तिनै भिमदत्त पन्त राणाहरुको ज्यादतीका विरुद्धमा शसक्त मर्चा बनाई खडा भएका पात्र पनि थिए । देशमा राणहरुको ज्यादतीले सिमा पार गरि सके पछि तात्कालीन राजा त्रिभुवनले २००७ साल कात्तिक २१ गते सपरिवार नेपालस्थित भारतीय दुतबासमा शरण लिन पुगेका थिए ।
बि.सं. २००७ साल कात्तिक २५ गते कांग्रेस, राष्ट्रबादी शक्त्तिहरु, दरबारीय शक्त्तिहरु सबै सँगको परामर्श र छलफल पछि राणा शासनको अन्त्य गने निष्कर्षसहित २००७ साल कात्तिक २५ गते सपरिवार भारत तर्फ प्रस्थान गरि नेपाली जनता, जनपक्षीय राष्ट्रबादी शक्त्तिहरु राणा शासनको अन्त्यका लागी भित्र भित्रै आ–आफ्नै योजनाा बनाएर लागि रहेका थिए ।
२००७ साल फागुन ४ गते राजा त्रिभुवन सपरिवार दिल्लीबाट स्वादेश फर्किए । र २००७ साल फागुन ७ गते शाही घोषणा मार्फत देशमा राणा शासनको अन्त्य भएको प्रजातान्त्रिक शासन व्यवस्था भएको घोषणा गर्दै तत्कालै देशमा कुनै अप्रिय र अनिष्ट घटना नहोस् भन्नको खातीर दरबार, काग्रेंस र राणसहितको संलग्नतामा मोहन शम्सेरको प्रधानमन्त्रीत्वमा १० सदसीय मन्त्री परिषद्को घोषणा भयो ।
मुलुकमा राजा त्रिभुवनको नेतृत्व नेपाली कांग्रेसको प्रतिनिधित्वसहितको सरकारसँग नेपाली जनताले ठुलो आशा र भरोसा गरेका थिए । जुन मन्त्री मण्डलमा नेपाली कांग्रेसका शक्तिशाली नेता विशेश्वर प्रसाद कोइराला गृहमन्त्री थिए । जसले दिनहीन गरिब, दुःखी, निम्न मध्यम वर्गीय जनताले ठुलो रहातको आशा र अपेक्षा गरेका थिए । तर, यो सरकारको गठन लगत्तै मन्त्री मण्डलमा एक आपसमा खिचा तानी झै–झगडा बेमेलको अवस्था बढ्दै बढ्दै जान थाल्यो भने नेपाली कांग्रेस पार्टी भित्र वि.पी कोइरालाको नेतृत्वको गृहमन्त्रालयको आड भरोसा र आडम्बरीतामा अधिकांश चिल्ला, चहकिला र सुकिला बसी खाने वर्गका कार्यकर्ताहरुमा हामबडा प्रवृति बढ्दै बढ्दै जान थाल्यो ।
नेपाली कांग्रेसहित अन्य राष्ट्रबादी शक्त्तिका गरिखाने वर्गका विपन्न मध्यक वर्गीय, कार्यकर्ता र जनताहरु, किसान मजदुरहरु भने दिनहुँ दिन कंगाल बन्दै जान थाले । न्याय मर्न थाल्यो गरिब नेपालि जनता गरिबीको चक्रबियुमा फस्न थाले । सामन्त, दलाल, पुजीपती र बिचौलियाहरु दिनानु दिन मौलादै मौलादै जान थाले । प्रजातन्त्र, गरिब, श्रमजिबी वर्ग, मध्यम वर्गका किसान, गरिखाने वर्गहरुको घर भित्र र्छिननै सकेन । उनीहरु दिनानु दिन कष्टकर जीवन जिउन बाध्य हुदैँ गए ।
नेपाली कांग्रेसकै सहभागितामा बनेको मन्त्री मण्डलको यो दुरदशा देखेर ती महान नेता भिमदत्त पन्तलाई छट्पटि हुन थाल्यो । पट्कै चित्त बुझेन । त्यपछि उनले नेपाली कांग्रेसको मुल नेतृत्वलाई पटक पटक सरकारको कार्यशैली रबैयामा परिवर्तन गर्न गरिश जनताको हित र रक्षाका पक्षमा कार्यकम गर्न सुझाई रहे, सचेत गराई रहे, तरउनको केही लागेन । अन्तत तात्कालीन गृहमन्त्री विशेश्वर प्रसाद कोइराला र नेपाली कांग्रेससित उनको दुरी बढ्दै बढ्दै जान थाल्यो ।
वि.पी कोइरालालाई सामान्त, दलाल र पुँजीपती वर्गको रक्षकको रुपमा तिनै भिमदत्त पन्तले चित्रित गर्न थाले । र यो शासन व्यवस्थाले नेपाली जनताको हित र कल्यण गर्न सक्दैन भन्ने निष्कर्ष सहित नेपाली कांग्रेस पार्टी परित्याग गर्न पुगे । सधै राष्ट्र र गरिब जनताको पक्षमा काम गर्ने हुटहुटी बोकेका विद्रोही स्वभावका शालिन र जनपक्षीय नेता भिमदत्त पन्त त्यतीकै मौन बस्न सकेनन् ।
राज्य सत्ताको विरुद्धमा आन्दोलनको आदी बेहरी उठाउने, जनता जगाउने उनको सपना झन–झन प्रबल र प्रस्फुटित हुँदै गयो । त्यसपछि तात्कालीन काम्युनिष्ट पार्टीका नेता निरन्जन गोबिन्द वैद्य, मनमोहन अधिकारीहरुसँग भेटघाट गरी समसामहिक राजनितिक विषयहरुमा छलफल चलाए । तर, दुबै कम्युनिष्ट नेताहरुले आफ्नो सांगठनिक बल मजबुद नभई सकेको अवस्थामा तत्कालै सशक्त आन्दोलन गनर्ने विद्रोहमा जाने कुरा हतारो हुने बताए पछि त्यसबाट भिमदत्त पन्त सन्तुष्ट हुन सकेनन् ।
र, उनीहरु सँगको भेटघाटबाट फर्किएर उनले आफुमा अथाह उर्जा र शक्ति भएको अनुभूति गर्दै विद्रोह र आन्दोलनको आफु एक्लै नेतृत्व गर्ने निष्कर्षमा पुगेर, डाँडेलधुरामा गई नयाँ समाज नामक संगठन बनाई त्यसको मुल नेतृत्व आफै लिई पिडित विपन्न मध्यम वर्गीय जनताहरुलाई समेत सो संगठनमा सहभागी गराई संगठनलाई पूर्णता दिलाई धमाधम सशक्त कारबाहीको थालनी गर्न थाले ।
बिचौलीया, सामन्त, दलाल, पुँजीपतीहरुलाई, श्रमजिबी, किसान, मध्यम वर्गीय जनता, सर्वहार वर्ग माथी अन्याय नर्गन ती जनताले साहुहरुसँग लिएको कर्जाको सावाँ ब्याज मिनाह गरिदिन उद्धी जारी गरे । सामान्तहरुले गरिब जनतासँग गराई लिएको तमसुक खोसी जलाउने काम गरे । समाजमा रहेको जातीय विभेद अन्तका लागी सबै वर्गका समुदायहरुको भेला गराई सहभोज चलाए ।
त्यती बेला सम्म उनको संगठनमा एक हजार लडाँकु दस्ताहरु तयार भई सकेका थिए ।
उनको नेतृत्वको संगठनले गरेको यो क्रियाकलापले पुँजीपती, समानत वर्गहरु निराश हुँदै गएका थिए । मुड्की बजारेर गरिब जनता चुस्ने तिघ्र ठटाएर जनता तर्साउने, ती सामन्तहरु विस्तार विस्तार गाँउ छोडी सहर तीर पलायन हुँदै थिए । विशेष गरी उनीहरुको जमघटको थलो थियो । केन्द्रीय सरकारमा राणाहरु सँग नजिक हुनेहरुले राणाहरुलाई कांग्रेससँग नजिक हुनेहरुले कांग्रेसहरुलाई हार गुहार गर्न पुगेका थिए ।
अन्तत केन्द्रीय सरकारको समेत संरक्षण र सहमतिमा तात्काली अवस्थाका सामान्त भनी चिनिएका लोक प्रताप बिष्टले भिमदत्त पन्तको विरुद्धमा जाहेरी उजुरी दर्ता गराए । बि.सं. २००८ साल भदौ १७ गते भिमदत्त पन्तलाई पक्राउ गरी हनुमान ढोका कारागारमा राखियो । उनलाई कुनै पक्राउ पुर्जी पनि दिएको थिएन । कसैसँग भेटघाट गर्न पनि दिएको थिएन ।
अन्तत २००८ साल पौष १२ गते उनलाई रिहा गरियो । यो घटनाबाट उनी झन कांग्रेससँग आक्रेशीत हुन थाले । हात हतियार खर खजनाको बन्दो बस्तीका लागी भारत तर्फ पुगे । हात हतियार खरखजना बन्दोबस्ती गरी र्फेको चाल पाएर तत्कालीन प्रधानमन्त्री मातृका प्रसाद कोइरालाले भारतीय सेनाहरुको गुहार माग्दै भारत तर्फ प्रवेशगरे ।
त्यस बिचमा २००८ साल चैत २० गते समान्तहरुले लुकाई गोदाम गरी राखेको नुन कञ्चनपुरबाट कब्जा गरी गरिब किसानहरुलाई बाँडी दिए । विद्रोहीहरुलाई नियन्त्रण गर्न भनी नेपाल छिरेको भारतीय सेना र भिमदत्त पन्तको विद्रोहीहरुको २०१० साल साउन १० गते कैलालीमा जम्काभेट भयो । दुबै सेनाका बीचमा सशस्त्र युद्ध भयो । दुबै तर्फका सेनाहरु मारिए ।
अन्नत भारतीय सेनाहरुका गोली सकिए । भिमदत्तका सेनाहरु भिड्दै थिए । अकस्मात भारतीय सेनाले भिमदत्त पन्त मारिएको काल्पनीक हवाला दिएर युद्ध मैदानबाट भागे । उता भिमदत्त पन्त र उनका बचेका सेनाहरु डाँडेलधुरा जिल्लाको जोग बुढा गल्लेक जहाँ जंगलको बीचका सोनो फुसको छानो भएको आफ्नै सहकर्मीको घरमा सेल्टर लिई बसे ।
भारतीय सेनाले भिमदत्त पन्तको मृत्यु भएको काल्पनीक खबरले जनतामा निराशा नहोस् भन्ने मनसायले सो खबर सम्प्रेषण गर्न २०१० साल साउन १० गते आफ्नै सहकर्मी मोहन सिंह सेठीलाई गाउँमा पठाएका थिए । अन्तत उनी सुरक्षाकर्मीको कब्जामा परे । नलाई ठुलो शाररिक र मानसिक यातना दियो पिडा सहन गर्न नसकि भिमदत्त पन्तको संगठन, सेल्टर सबैका बारेमा सविस्तार बताई दिए । त्यसपछि त्यहाँ स्थित बडा हाकिमले भिमदत्त पन्तको जिउँदो वा मरेको टाउको ल्यउनेलाई रु पाँच हजारको पुरस्कारको घोषणा गरेको थियो ।
सो कामका लागी भिमदत्तको नजिकको मानिस पहिचान गर्दै जादाँ उनकै मित लाल बहादुुर थापालई फेला पारी प्रशासनले ल्याई प्रलोभन दिई २०१० साउन १७ गते उनका साथमा सशस्त्र सेना खटाई उनी रहेको डाँडेधुराको गल्लेकमा गई सेनालाई घर वरीपरिको जंगलमा लुकाई मित लाल बहादुर थापा भिमदत्त पन्त रहेको घर भित्र प्रवेश गरी आत्मियता साटासाँट गरेको अभिनय गरी खाना खाँदै गरेका भिमदत्त पन्तलाई लुकाएर लगेको पेस्तोल प्रहार गरी ढलाए । त्यती हुदाँ सम्म जंगलमा लुकेका सरकारी सेना र भिमदत्त पन्तका सेनाको आँगनमा जमघट भई भिषण युद्ध भई रहेको थियो ।
त्यसै बीचमा सरकार पक्षको एक जना विद्रोहीले भिमदत्त पन्तको कोठामका प्रवेश गरी घाइते भई अचेत अवस्थामा ढलेका भिमदत्त पन्तको खुकुरीले काँटी छिनाली टाउको बोकी बाहिर निस्किएर र भिमदत्तका सेनालाई आत्म सम्र्पण गर्न उर्दी जगाए । उनीहरुले मानेनन् अन्तत तीनैलाई बन्दबस्ती सामग्री बोकाएर खलँगातर्फ लागे । भिमदत्त पन्तको टाउको खुल्ला मञ्चमा बाँसको टेकेका तीन दिन सम्म झुड्एर राखियो ।
उनका सेनाहरुलाई खलँगा कारागारमा राखियो । पछि राजा महेन्द्रको शासन कालमा ती सबै बन्दखीहरुलाई आम माफी दियो । यसरी एउटा लोक प्रिय राष्ट्रवादी नेताको विभत्स हत्या भयो । लेखक राप्रपा गोरखाका जिल्ला सचिव हुनुहुन्छ ।




