| आइतवार, कार्तिक २९, २०८३

छड्के गर्दै ट्राफिक प्रहरी

छड्के गर्दै ट्राफिक प्रहरी

अश्विन दानी ः जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले छड्के चेकजाँच गर्न थालेको छ । सबारी दुर्घटना कम गर्ने तथा ट्राफिक नियम उल्लंघन गर्नेलाई कारबाहीको दायरामा ल्याउने उदेश्यले कार्यालयले छड्के चेकजाँच थालेको हो । जिल्लाको मुख्य सडकमा सधैँ एकै ठाउँमा एउटै समयमा सबारी चेकजाँच गर्नाले नियम उल्लङ्घन गर्नेहरु बैकल्पिक बाटो हुदै गन्तब्यमा पुग्ने क्रम चलेसँगै छड्के चेकजाँच सुरु गरेको जिल्ला टूाफिक प्रहरी कार्यालयका प्रमुख रामबहादुर भट्टले जानकारी दिए ।

ग्रामीण र पक्की दुबै सडकमा छड्के चेकजाचँ थालेको उनको भनाई छ । प्रायजसो सवारी चालक अनुमति पत्र (लाईसेन्स) विना र मादक पदार्थ सेवन गरी सवारी चलाउनेहरु ट्राफिक प्रहरीलाई छक्याउदै चेकजाज गर्ने भन्दा फरक रुटबाट आवातजावात गर्ने पाईएकाले उनिहरुलाई कारबाहीको दायरामा ल्याउन पनि छडके चेकजाँच थालिएको उनले स्पष्ट पारे । क्षमता भन्दा धेरै यात्रु बोक्ने तथा मनपर्दी भाडा असुली गर्ने बसलाई पनि कारवाही गर्ने उनको भनाई छ । ‘क्षमता भन्दा बढि यात्रु रहेको सवारी देखेमा प्रहरीलाई खबर गर्नुहोस् । स्वयं यात्रुहरु पनि सजक हुनुपर्छ ।’ बिना लाइसेन्स सबारी चलाउँदा दुर्घटना भएमा चालकलाई नै समस्या पर्ने उनको भनाई छ । ‘बिना लाइसेन्स सबारी चलाउनु चालककै लागि घातक हो’ उनले भने, ‘यदी लाइसेन्स नभएकाहरु दुर्घटनामा पर्नु भयो भने कानुनले उहाँहरुलाई नै दोषी मान्छ । बिमा वालाले पनि पैसा दिन मान्दैन् । त्यसो भएपछि कानुन अनुसार जेल सजायदेखी जरिवाना तथा क्षतिपुर्ति समेत भराउनुपर्ने हुन्छ ।’

लापरबाही गरी तिब्र गतीमा सबारी चलाउने, बिना लाइसेन्स सबारी चलाउनेहरुलाई कारवाही गर्ने उनले बताए । ‘ट्राफिक नियम पालना नगर्ने सबैलाई हामी कारवाही गर्छाैँ’ उनले भने, ‘हामीेले कसैलाई जरीवाना गर्छाैँ भने त्यो उसलाई छुट दिएका हैनौँ । अर्को पटक देखीगल्ती नगर्नु भनेर सचेत गराएका हौ । नियम सबैले पालना गर्नै पर्छ टूाफिक नियम उल्लङ्घन गर्नेहरु अधिकांश १० देखि ३० बर्ष उमेर समूहका छन् ।
३५ दिनमा ६ लाखभन्दा बढि राजश्व
जिल्ला ट्राफिक कार्यालय गोरखाले ३५ दिनमा छ लाख रुपैँया भन्दा बढि राजश्व संकलन गरेको छ । कार्यालयले साउन १ गतेदखी भदौ ४ गतेसम्म ट्राफिक नियम उल्लङ्घन गर्नेहरुसँग जरीवाना स्वरुप ६ लाख २५ हजार ५ सय रुपैँया राजश्व संकलन गरेको हो । चालु आर्थिक बर्षको हालसम्म नियम विपरीत चलेका एक हजार १५ ओटा सवारी साधनसँग जरिवाना लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यो अबधिमा मोटरसाइकल तथा स्कुटर दुई सय २५, दुई सय दुई टूयाक्टर, साना सबारी (कार, ट्याक्सी, बोलेरो) एकसय ९५, यात्रु बाहब बस ९० तथा मालबाहक बस  तीनसय ३ ओटा गरी जम्मा एक हजार १५ ओटा कारवाहीमा परेको ट्राफिक कार्यालयले जनाएको छ ।
ट्राफिक ब्यबस्थापनमा समस्या
गोरखामा पर्याप्त मात्रामा पार्कीङ क्षेत्र नहुँदा ट्राफिक ब्यबस्थापनमा समस्या भएको छ । जिप, कार, मोटरसाईकल लगायतका साना सवारी साधन सडक छेउको फुटपाथमै पार्कीङ गर्नाले पैदल यात्रुहरुले समेत हिडडुलमा समस्या पर्नुका साथै दुर्घटनाको जोखीम पनि बढेको छ । ‘गोरखामा अब्यबस्थीत पार्कीङको समस्या असाध्यै धेरै छ’ ट्राफिक प्रमुख भट्टले भने, ‘कहीँ पार्कीङ गर्ने ठाउँको अभाव छ । कतै पर्याप्त पार्कीङ गर्ने ठाउँ भएपनि चालकहरुले लापरवाही गरी अब्यबस्थीत पार्कीङ गर्छन् । जसको कारण जाम पर्छ र यात्रुहरुले सास्ती भोग्ने गर्छन् ।’ बजार क्षेत्रका अधिकांश डिलर तथा स्टोर्सहरु सडकको छेउछाउमा भएकाले त्यहाँ सामान (लोड अनलोड) गर्दा पनि यात्रुहरुलाई समस्या पर्ने गरेको छ । गोरखा नगरपालीकासँग मिलेर टूाफिक ब्यबस्थापन गर्ने तयारी भैरहेको उनले जानकारी दिए । उनले भने “ट्राफिक ब्यबस्थापनका लागि प्रहरी मात्रै नभई स्थानीय सरकार तथा सम्पूर्ण नागरीकले पनि जिम्मेवारीबोध गर्नुपर्छ ।”

गोरखाका नयाँ ट्रफिक इन्चार्ज रामबहादुर भट्ट
प्रतिक्रिया दिनुहोस्