| बुधबार, अशोज १३, २०८३

द्रव्यशाह क्याम्पसको फुटसल प्रतियोगिता सम्पन्न

गोरखा नगरपालिका–९ लक्ष्मीबजार स्थित द्रव्यशाह बहुमुखी क्याम्पसको आन्तरिक फुटसल प्रतियोगिता सम्पन्न भएको छ । स्वतन्त्र बिद्यार्थी यूनियनको आयोजना तथा क्याम्पसको संयोजनमा भएको प्रतियोगितामा व्यवस्थापन संकाय तर्फको स्नातक तह दोस्रो वर्ष (पुरानो) र शिक्षा संकाय तर्फको पहिलो वर्षको टिम पहिलो भएको छ ।

उक्त टिमले ५ हजार नगद पुरस्कारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाएको निमित्त क्याम्पस प्रमुख शरण श्रेष्ठले बताए । प्रतियोगितामा व्यवस्थापन संकाय तर्फको स्नातक तह पहिलो वषको टिम दोस्रो भएको छ । उक्त टिमले २ हजार ५ सय नगद पुरस्कारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा क्याम्पसका बिद्यार्थीहरुको ९ टिम सहभागी थिए ।

क्याम्पसको बार्षिक कार्यक्रम अन्तरगत फुटसल प्रतियोगिता गरिएको निमित्त क्याम्पस प्रमुख श्रेष्ठले जानकारी दिए । स्ववियू सभापति सौनक घिमिरेको अध्यक्षता एवं श्रेष्ठाको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्