| बुधबार, अशोज १३, २०८३

गणित बिषयको प्रश्नपत्रमा लापरवाही गरेको रास्वपाको आरोप

पालुङटार नगरपालिका स्तरीय कक्षा ८ को गणित बिषयको परीक्षाको प्रश्नपत्रको बिषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी पालुङटार नगर कमिटीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आइतवार भएको परीक्षाको प्रश्नहरु गुडविल पब्लिकेशनबाट हुवहु सारिएको र धेरै गलत समेत रहेको पार्टीले जनाएको छ ।

सोमवार नगर शिक्षा शाखा प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउँदै पार्टीले यसमा दोषी रहेको नगर शिक्षा समिति, शिक्षक लगायत सम्बन्धित सबैलाई कारवाही गर्न माग गरेको छ । ‘यसरी आधारभूत तहका बालबालिकाको भविष्यमाथि खेलवाड गर्ने नगरपालिका कार्यालय अन्तरगत रहेको नगर शिक्षा समितिको चरम लापरवाही रहेको प्रष्ट देखिन्छ,’ ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

न्यूनतम मूल्य र मान्यतालाई समेत ख्याल नगरी प्रश्न पत्र तयार गरेको भन्दै आइतबार भएको परीक्षालाई खारेज गरी अर्काे परिक्षा लिन समेत उनीहरुले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्