| बुधबार, अशोज १३, २०८३

रोट्रयाक्टद्वारा विद्यार्थीलाई झोला र शैक्षिक सामग्री वितरण

गोरखा नगरपालिका–५ स्वाँराको गोरखकाली आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । रोट्रयाक्ट क्लब अफ बज्र मनासलुले ‘रोटा सप्ताह’ अन्तरगत चौथो दिन आइतवार बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो । करिव १६ जना बिद्यार्थीलाई झोला, कापी, कलम, ज्यामिती बक्स लगायतका शैक्षिक सामग्री वितरण गरिएको क्लबका अध्यक्ष सन्दिप बयलकोटीले बताए ।

सप्ताहव्यापी कार्यक्रम अन्तगत तेस्रो दिन शनिवार सिरानचोक गाउँपालिका वडा नम्वर ७ माथिल्लो गोहोरे डाँडागाँउको बुद्धिकल्याण आधारभूत बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई झोला वितरण गरिएको उनले जानकारी दिए । सिताराम झोला कारखानाको सौजन्यमा बिद्यार्थीलाई झोला वितरण गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्