
विद्यालयहरुमा उपभोक्ता सचेतना कार्यक्रम सम्पन्न
जिल्लाका बिभिन्न बिद्यालयहरुमा उपभोक्ता सचेतना कार्यक्रम सम्पन्न भएको छ । पर्यटन तथा उद्योग कार्यालय गोरखाले माध्यमिक तहका विद्यार्थीहरुलाई लक्षित गरी कार्यक्रम संचालन गरेको हो ।
गण्डकी गाउँपालिका वडा नम्वर ६ को तोमनडाँडा मावि, भीमसेन थापा गाउँपालिका वडा नम्वर १ को दुल्लभ मावि, आरुघाट गाउँपालिका वडा नम्वर ९ को भिमोदय मावि र शहिदलखन गाउँपालिका वडा नम्वर ६ को हिमालय मावि र गोरखा नगरपालिका वडा नम्वर ९ लक्ष्मीबजारको महालक्ष्मी माविमा कार्यक्रम भएको कार्यालय प्रमुख सुर्य भुजेलले बताए ।
‘यही माघ १९ बाट कार्यक्रम शुरु गरेका थियौ,’ उनले भने, ‘आज त्यसको समापन ग¥यौ ।’ बिभिन्न बिद्यालयका माध्यमिक तहका २ सय ३० जना बिद्यार्थीहरु लाभान्वित भएको उनले जानकारी दिए । कार्यक्रममा उपभोक्ताको हक अधिकार बारे सचेतना गराइएको थियो ।




