| आइतवार, कार्तिक २९, २०८३

प्रधानन्यायधीश जोशी गोरखामा

हालै नियुक्त भएका प्रध्यानन्यायधीश दिपकराज जोशी शनिबार साँझ गोरखा आइपुगेका छन् । जिल्ला अदालत गोरखाको बन्दै गरेको भवनको अवलोकन तथा सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा सहभागी हुन आएका जोशी आइतबार काठमाडौँ फर्कने छन् । आइतबार विहान ७ बजे गोरखकाली मन्दिरको पुजाआजामा सरिक हुनेछन् । त्यस लगत्तै जिल्ला अदालतको नवनिर्मित भवनको अवलोकन र अन्तरक्रिया कार्यक्रम सकेर काठमाडौँ फर्कने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्