
महेन्द्र ज्योती पहुँचयुक्त विद्यालय
गोरखा नगरपालिकाको महेन्द्र ज्योती मावि जिल्लामै पहिलो पहुँच युक्त भवन भएको विद्यालय बनेको छ । आइएनएफ नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको विद्यालयको नयाँ भवन शुक्रबार प्रदेश ४ का भौतिक योजना तथा पूर्वाधार मन्त्री रामशरण बस्नेतले उद्घाटन गरे ।
विद्यालयका हरेक कक्षाकोठामा शारिरीक रुपमा अशक्त भएकाहरु ह्वीलचियरको सहायतामा जान सक्ने, नयाँ बनेका शौचालयहरु अपांग मैत्री समेत भएको छ । आइएनएफ नेपालको ग्रेस परियोजना अन्तरगत ५२ लाख ९२ हजार पाँचसय १३ रुपैँया ३३ पैसाको लगानीमा भवन निर्माण भएको हो ।
सुस्त मनस्थिती भएका वालवालिकाहरुलाई मात्र विद्यालयमै बासको ब्यवस्थापन गरेर अध्यापन गराउँदै आएको विद्यालयले गत बैशाख १ गते देखि शारिरीक रुपमा अशक्त भएका वालवालिकाहरुलाई विद्यालयमै बस्न मिल्ने गरी पठनपाठनमा सहयोग गर्ने गरेको विद्यालयका प्रधानाध्यापक लक्ष्मणबाबु आचार्यले जानकारी दिए ।




