
उत्तरी गोरखामा भाषा विवाद भुसको आगो बन्दै
दरौँदी ः उत्तरी गोरखा तमु समाजको सहयोगमा बेब्स क्रिएशन प्रालिले दुई महिना लगाएर उत्तरी गोरखाको बिभिन्न क्षेत्रमा चलचित्र छायाङ्कन ग¥यो । फुङ नाम दिइएको सो चलचित्रलाई ‘उत्तरी गोरखाको गुरुङ भाषाको पहिलो चलचित्र’ भनेर घोषणा पनि ग¥यो ।
प्रदर्शनमा ल्याउनका लागि अहिले अन्तिम तयारीको काम समेत सकिएको छ । असार दुईगतेदेखि चलचित्र फुङ रिलिज गर्ने कार्यक्रम सार्बजानिक पनि भयो ।
तर घले समाज(लिःल फङ)ले ‘घलेभाषा’लाई ‘गुरुङभाषा’ भनिएको, भाषामाथि हस्ताक्षेप गरिएको भन्दै सूचना तथा सञ्चार मन्त्रालयमा उजुरी ग¥यो । जेठ २२ गतेको उजुरी अनुसार मन्त्री गोकुलप्रसाद बाँस्कोटाको आदेशमा चलचित्र विकास बोर्डको सेन्सर बिभागले हाललाई चलचित्र प्रदर्शनमा रोक लगाएको छ । यो बिषयमा छलफल गर्न चलचित्र विकास बोर्डले घले र गुरुङ दुवै पक्षलाई पटक पटक बैठक पनि आयोजना ग¥यो । दुवै समुदायले सो भाषालाई ‘आफ्नो’ दाबी गरेपछि विवाद निश्कर्षमा पुग्न सकेको छैन । भाषाको विषयमा दुई समुदाय बीच हरेक बैठकमा चर्काचर्की लियो । ‘पहिलो बैठकमा हामी गुरुङहरु तीन जना मात्र थियौं, घलेहरु धेरै आएका रहेछन् । उनीहरुको होहल्ला ठूलो भयो । हामीलाई मान्य भएन’ सो चलचित्रका मुख्य कलाकार तथा व्यबस्थापक आइतराम गुरुङले भने ‘दुईदिनपछि फेरि बैठक बसियो । घलेहरु थोरै आएका रहेछन् । हाम्रा साथीहरु दुईवटा बस रिजर्भ गरेर गएका थिए । चर्काचर्की भयो । टुङ्गो लागेन ।’ सेन्सर बोर्डले जे निर्णय गरेपनि मान्ने र यदि नमान्ने भए अदालत जाने निश्कर्षसहित फर्किएको उनले बताए ।
त्रिभुवन विश्वविद्यालयको भाषा विज्ञान विभागमा सो भाषा घलेभाषाको रुपमा सूचीकृत भइसकेको घले समुदायको दाबी छ । ‘२०६८ को जनगणनामा समेत घले भाषा भनेर उल्लेख भइसकेको छ’ घले समाजका केन्द्रीय सदस्य गणेश घले भन्छन् ‘घले भाषालाई अन्तर्राष्ट्रिय मातृभाषाको एसआईएल संस्थाबाट आईएसओ कोड समेत प्राप्त भइसकेको छ ।’ गत बैशाख ११ गतेको मन्त्रीपरिषद बैठकले पनि घले भाषा प्रयोगकर्तालाई अल्पसंख्यकको सूचीमा राखेको छ । विधिवत रुपमा घले भाषाको पहिचान पाइसकेको अबस्थामा उत्तरी गोरखाको गुरुङ भाषाको पहिलो फिल्म भनेर प्रचारप्रसार भइरहेकाले बिरोध गरिएको उनको भनाइ छ ।यो बिषयले अहिले उत्तरी गोरखामा बसोबास गर्ने गुरुङ र घले बीच ठूलै तरङ्ग ल्याएको छ । उत्तरी गोरखा तमु समाजका अध्यक्ष इमानसिँह गुरुङ चलचित्र फुङको बिषयमा भएको झगडा भाषा विवादको एउटा अंश मात्र ठान्छन् । भाषा विवाद अहिलेसम्म थामथुम पारेर अघि बढिरहेको भन्दै उनले यो भित्रभित्र भुसको आगो बनेर बिकराल रुपमा रहेको बताउँछन् ।
तथ्याङ्क बिभागका अनुसार देशभरका १२३ जातिमा घले जाति र १२५ भाषामध्य घले भाषा भनेर उल्लेख गरिएको घले समाजको दाबी छ । २२,८९२ जना घले रहेका तीमध्य नौहजार जनाले घले भाषा बोल्छन् भनेर तथ्याङ्क बिभागको अभिलेखमा उल्लेख रहेको गणेश घलेको भनाइ छ । ‘लम्जुङ, कास्की र गोरखाको पनि दरौंदी पारिका गुरुङ समुदायले बोल्ने भाषालाई गुरुङ भाषा भनिन्छ । दरौंदी वारिका घले र गुरुङले बोल्ने भाषालाई घले भाषा नै भनिन्छ ।’ आफूहरु तथ्यमा आधारित भएर बोलेको भन्दै उनले गुरुङहरु बहुसंख्यक भएकाले मुढे बलले भाषामाथि हस्ताक्षेप गर्न खोजिएको बताउँछन् ।
गुरुङहरु भने बहुसंख्यक समुदायले बोल्ने भाषाको नाम अल्पसंख्यक समुदायको नाममा राख्न नमिल्ने दाबी गर्छन् । ‘घलेको घरमा बास बसेर लिइएको तथ्याङ्क हामीलाई मान्य छैन’ उत्तरी गोरखा तमु समाजका अध्यक्ष इमानसिँह गुरुङ भन्छन् ‘सन् १९७२ मा गरेको सर्भेक्षण हामी मान्दैनौं ।
अब तथ्याङ्क संकलन गरौं, यो भाषा प्रयोग गर्नेहरु ९५ प्रतिशत गुरुङहरु छन् । पाँचप्रतिशतको नाममा भाषाको नाम कसरी सम्भव हुन्छ ?’ उनले यथासीघ्र यो बिषयलाई राज्यले सर्बमान्य हुने गरी निश्कर्षमा पु¥याउनु पर्नेमा जोड दिन्छन् ।साबिकको स्वाँरा, सौरपानी, घ्याच्चोक, बारपाक, लाप्राक, गुम्दा, लापु, उहिया, केरौंजा, सिर्दिबास गाविसमा यो भाषा बोल्ने गरिन्छ ।




