
अजीरकोटको भच्चेक बजार सिल
दराैँदी समाचारदाताः अजीरकोट गाउँपालिका वडा नम्बर ३ को भच्चेक बजार शनिवारदेखि सिल गरिएको छ । क्वारेन्टिनमा बस्दै आएका एक पुरुषलाई शुक्रवार कोरोना संक्रमण पुष्टि भएपछि भदौ २७ गते सम्मका लागि भच्चेक बजार सिल गरिएको वडा अध्यक्ष तयाराज गुरुङले बताए ।
उनको नजिकको सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट टूेसिङ गर्न बजार बन्द गरिएको अध्यक्ष गुरुङले बताए ।




