| शनिबार, कार्तिक २८, २०८३

प्रशासनको निर्देशन अटेरी गरेर चल्ने ६ वटा ट्याक्सी प्रहरी नियन्त्रणमा

जिल्ला प्रशासन कार्यालयले भाडाका सवारी साधन नचलाउन गरेको निर्देशन उलंघन गर्ने छ वटा ट्याक्सी प्रहरी कारवाहीमा परेका छन् । यात्रु पर्खिएका, बोकेर हिँडिरहेका, बिना पास बिरामी र बैंकमा जान हिडेका मानिसलाई यात्रा गराईरहेका सवारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

‘पहिलो पटकका लागि हामीले सम्झाई बुझाई गरेर साँझ छाड्छौँ’ ट्राफिक प्रमुख मित्रलाल ढकालले भने ‘भाडाका गाडी चलाउनु भन्ने प्रशासनको आदेश नआउँदा सम्म फेरी पनि चलाएमा थप कारवाही गर्छौँ ।’ ट्राफिक प्रहरीले गोरखा सदरमुकामको हरमटारी, बसपार्क लगायत ठाउँबाट ति ट्याक्सी नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रशासन कार्यालयमा आईतवार बसेको सिसिएमसीको बैठकले अर्को निर्णय नहुँदा सम्म भाडाका गाडी नचलाउन अनुरोध गरेपनि ब्यवशायीले अटेरी गरेका थिए । ट्याक्सी ब्यवशायीले भने बिरामी र जरुरी काम परेकालाई छोटो दुरीमा मात्रै यात्रा गराएको भन्दै कारवाही हुन नहुने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्