| शनिबार, कार्तिक २८, २०८३

प्रशासन र स्थानीय तहको सक्रियतामा गोरखा भित्रने नाकामा कडाई

गोरखामा कोरोना संक्रमण दर घटेको र अन्य जिल्ला भएर आउजाउ गर्दा समुदायमा कोरोना फैलन सक्ने भन्दै नाकामा कडाई गरिएको छ । गोरखा भित्रने मुख्य नाका मझुवा देउरालीमा नेपाल प्रहरी, नेपाली सेना समेत खटिएका छन् ।

नाका भएर प्रवेश गर्नेलाई मास वा कोम क्वारेन्टिनमा राख्न सुरक्षाकर्मीले स्थानीय तहको सहकार्यमा काम गर्ने प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताए ।

जिल्ला भित्रने नाका रहेका गोरखा नगरपालिका, पालुङटार नगरपालिका, गण्डकी गाउँपालिका, आरुघाट र शहिदलखन गाउँपालिकालाई पत्राचार गर्दै जिल्ला प्रशासन कार्यालयले नयाँ भित्रने ब्यक्तिलाई क्वारेन्टिनमा राख्न अनुरोध गरेको हो ।

यसरी आएका ब्यक्तिहरुको बिस्तृत यात्रा बिवरण राख्न पनि प्रशासनले आग्रह गरेको छ । सवारी साधन नचलेका बेला हिँडेर पनि सर्वसाधारण एक अर्को ठाउँमा आउजाउ गरिरहेको र नाकामा कडाई गरेको स्थानीय तहहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्