
गोरखामा निषेधाज्ञा उलंघन गर्ने १७ जना कारबाहीमा
गोरखामा निषेधाज्ञाको उलंघन गर्ने १७ जना कारवाहीमा परेका छन् । बिना काम हिड्ने ९ जना र मोटरसाईकल लिएर हिड्ने ८ जना कारवाहीमा परेको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएकाहरुलाई प्रहरीले केही समय नियन्त्रणमा लिएर सम्झाएर छाडिएको जिल्ला प्रहरी कार्यालयका एसपी सुरेन्द्र गुरुङले बताए । पहिलो पटक सम्झाएर छाडेको र पुन दोहोरिएका थप कारवाही गर्ने उनले बताए ।
जिल्लाबासी सबैलाई घरैमा बसेर स्वास्थ्य सुरक्षामा ध्यान दिन समेत उनले अनुरोध गरेका छन् ।
पहिलो एक हप्ता भदौ १ देखि ७ गते सम्म निषेधाज्ञा पालना गरेका सर्वसाधारण १४ गते सम्म थपिएपछि भने घर बाहिर निस्कने गरेका देखिन्छन् ।




