
आजदेखि भदौ १० सम्म काठमाण्डौँमा निषेधाज्ञा
आजदेखि काठमाण्डौँमा निषेधाज्ञा सुरु भएको छ । अन्यत्रबाट काठमाण्डौँ जान र उपत्यकाबाट बाहिर आउजाउ गर्न प्रशासनले प्रतिबन्ध गरेको हो ।
काठमाण्डौँ, ललितपुर, भक्तपुर तीनवटै जिल्ला प्रशासन कार्यालयले सुचना जारी गर्दै आजदेखि निषेधाज्ञा जारी गरेकाले घर भित्रै बसिदिन अनुरोध गरेका छन् ।
अत्यावश्यक औषधी, अस्पताल, दुध, पानी, संचार, एम्बुलेन्स लगायतका साधन मात्रै संचलन हुने र अन्य बन्द रहने बताएका छन् ।
यो पटक भदौ १० गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । कोभिड १९ को संक्रमण बढेको खण्डमा निषेधाज्ञा अझै बढ्ने अनुमान गरिएको छ ।




