| शनिबार, कार्तिक २८, २०८३

आज दर खाने दिन

हरितालिका तीजको अघिल्लो दिन आज  दरखाने दिन । तीजको अघिल्लो दिन तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु नारीहरुले दर खाने परम्परा छ ।

तिजको व्रतका लागि शक्ति प्राप्त होस् भनेर  दर खाने चलन छ।

धार्मिक मान्यतानुसार सत्य युगमा पार्वतीले पनि भाद्र शुक्ल द्वितियाका दिन दर खाई तृतीयामा व्रत गर्दा महादेव स्वामी पाएको विश्वास छ।

तीजमा माइतीले छोरीचेलीलाई घरमा बोलाएर मीठामीठा परिकार ख्वाउने चलन छ। दर खाने दिनबाट तीज पर्वको सुरु हुन्छ। दरमा खिर, ढकने वा सेलरोटी, केरा आदि अथवा ठाउँअनुसार विभिन्न मिठामिठा परिकार खाने गरिन्छ।

सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ। भोलिपल्ट दिनभर पानीसम्म नपिई बस्नुपर्ने भएकोले दर खाने दिन राति ढिलासम्म बसेर पेटभरि खाने प्रचलन बसेको हो।

कोभिड १९ को प्रभावका कारण समुहमा दर खाने कार्यक्रम भने यस वर्ष भएका छैनन् । तिज सुरु हुनु एक महिना अघि देखि बिभिन्न संघ संस्था, समुह, कार्यालयहरुले दर खाने कार्यक्रम आयोजना गर्ने गर्थे ।

यो वर्ष यस्ता कार्यक्रम भएका छैनन् । जिल्ला प्रशासन कर्याालयले निषेधाज्ञा जारी गरेकाले घर भित्रै एकै परिवारमा मात्रै तिज मनाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्