| शनिबार, कार्तिक २८, २०८३

कोरोनाका कारण छाक टार्न समस्या परेकालाई गोरखाका स्थानीय तहद्वारा राहत, (सुचि सहित)

गोरखाका सातवटा स्थानीय तहले छ हजार तीन सय घरधुरीका नागरिकलाई राहत बितरण गरेका छन् ।

कोभिड १९ को प्रभावका कारण बिहान बेलुकी छाक टार्न समस्या भएकाहरुको परिवारलाई खाद्यान्न सहयोग गरिएको सम्बन्धित पालिकाहरुले बताएका छन् ।
जिल्ला प्रशासन कार्यालयले बुधवार उपलब्ध गराएको तथ्याङ्क अनुसार ति स्थानीय तहले चामल, दाल, नुन तेल, चिनी लगायतका खाद्यान्न बितरण गरेका हुन् ।

यी बहेकका अन्य स्थानीय तहले पनि खाद्यान्न उपलब्ध गराएका छन् तर उनीहरुको बिवरण भने आइसकेको छैन । बिवरण आउन बाँकी रहेका पालिकाहरुमा भिमसेन थापा, शहिदलखन, गण्डकी र धार्चे गाउँपालिका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्