
निषेधाज्ञा जारी गरेसँगै बिहानै देखि सुनसान गोरखा
जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरे सँगै बिहानै देखि गोरखा सदरमुकाम सुनसान छ । पसल, बजार खुलेका छैनन् भने पैदल हिड्ने सर्वसाधारणपनि अन्य दिनको तुलनामा कम देखिएका छन् ।
पहिलो चरणमा लकडाउन भएजस्तै मानिस घर भित्रै धेरै छन् । तरकारी र खाद्यान्न पसल भने फाट्ट फुट्ट खुलेको छ । मोटरसाईलक, ट्याक्सी, लगायतका सवारी चलेका छैनन् भने दुध बोक्ने गाडी, एम्बुलेन्स, स्वास्थ्यकर्मी, सुरक्षाका सवारी साधन चलेका छन् ।
प्रहरीले सर्वसाधारणलाई अनावस्यक हिडडुल नगर्न सम्झाउने गरेको छ । सवारी साधन चलाएर निषेधाज्ञा उलंघन गर्नेलाई कारवाही गर्ने गरी चेकजाँचलाई तिब्रता दिइएको प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले बताए ।
अन्य दिनको तुलनलामा बिहानै देखि सडकमा प्रहरी परिचालन र चेकजाँच बढाइएको छ ।




