| शनिबार, कार्तिक २८, २०८३

जसपाद्धारा भिमसेन थापा गाउँपालिकाको बजेट/कार्यक्रम माग

जनता समाजवादी पार्टी भिमसेन थापा गाउँपालिका स्तरीय समितिले गाउँपालिका सँग योजना र खर्चको बिवरण माग गरेको छ ।

२०७६/७७ को कार्यक्रम र सम्पन्न योजनाहरुको बजेट सहित माग गरिएको पार्टी अध्यक्ष रोहीत पाण्डेले बताए ।
गत वर्ष बेरुजु भएका रकम र योजना, २०७७/७८ को नीति तथा योजना, गाउँपालिका भित्रका एनजिओ, आइएनजिओको कार्यक्रम, योजना, बजेट माग गरिएको छ ।

गाउँपालिका अध्यक्ष इश्वर पाण्डेलाई बिवरण उपलब्ध गराईदिन पत्र दिइएको जनता समाजवादी पार्टीका गाउँपालिका अध्यक्ष पाण्डेले बताए ।

सर्वसाधारणलाई गाउँपालिका प्रति उत्तदायि बनाउन, सुशासन कायम गर्न, स्थानीय सरकारको खर्च पारदर्शी बनाउन, अनुगमन मूल्याङ्कनलाई सहज बनाउन बिवरण माग गरिएको जसपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्