
घरेलु कार्यालयका कारण चार सय भन्दा बढिको सिप सिक्ने अवसर गुम्यो
दराैँदी समाचारदाताः घरेलु तथा साना उद्योग कार्यालय गोरखाले आर्थिक वर्ष २०७६/७७ मा संचालित कार्यक्रम समयमै नगर्दा गत वर्ष गोरखाका चार सय भन्दाबढि महिला/पुरुषले सिप सिक्न पाएनन् । नगर तथा गाउँपालिकाका बिभिन्न ठाउँका महिलाहरुलाई प्राथमिकतामा राखेर कार्यालयले पार्लर, सिलाई कटाई, मोवाईल मर्मत लगायतका तालिम सञ्चालन गर्नुपथ्र्यो तर गरेन ।
संघिय सरकार अन्र्तगतको लघु तथा घरेलु उद्योग प्रोत्साहन कार्यक्रम अन्र्तगत कार्यालयले कार्यक्रम संचालन गर्नुपथ्र्यो । कार्यक्रम हुन नसक्दा ब्यवशायी बन्ने चाहना राखेर सिप सिक्न खोज्नेहरुले सिक्न पाएनन भने २० लाख रुपैयाँ फिर्ता भयो । कार्यालय प्रमुख दिनेश पौडेलले बजेटको अख्तियारी मंसिर महिनामा आएको र कार्यक्रम संचालन गर्ने योजना हुँदाहुँदै कोभिड १९ को प्रभाव परेको बताए । मंसिरमा अख्तियारी आएको कार्यक्रम कार्यालयले तालिम संचालन गरेको भए फागुन सम्म सकिन्थ्यो । आर्थिक वर्षको अन्त्यमा काम गर्ने योजना बनाउँदा कार्यालयले अन्तत बजेट फिर्ता पठायो । ‘पालिका पनि छनौट भईसकेको थियो, लकडाउन नभएको भए तालिम सकिन्थ्यो’ कार्यालय प्रमुख पौडेलले भने ।
गरिबी निबारणका लागि लघु उद्यम बिकास कार्यक्रम अन्र्तगत तीन सय ४८ जनालाई सिपमुलक तालिम दिने योजना पनि पुरा हुन सकेन । सामाजिक स्वास्थ्य शिक्षा उत्थान केन्द्र र वल्ड वाईड टेक्निकल प्रालीसँग सम्झौता गरेर कार्यालयले तालिम सञ्चालनको जिम्मा दिएको थियो । उक्त तालिमका लागि एक करोड ३८ लाख बजेट मध्ये ५५ लाख मात्रै खर्च भयो ।
३० प्रतिशत छोटो समयमा सिक्ने सिप, ३० प्रीतशत मध्यम र ४० प्रतिशत लामो समय अवधीको तालिम दिने गरी कार्यक्रम तय भएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख दिनेश पौडेलले बताए । ‘छोटो समयको तालिम चल्दै थियो, मध्यम र लामो समयको संचालन भएन’ उनले भने ‘लकडाउनका कारण यो पनि रोकियो ।’ यो तालिम अन्र्तगत रुमाल बुन्ने, टपरी बुन्ने जस्ता लघु उद्यमका सिप सिकाईन्थ्यो । समान्य सिप पाएपनि यो कार्यक्रम अन्र्तगतका तीन सय ४८ जना पनि दक्ष हुन पाएनन् । यो कार्यक्रम निरन्तर हुन्छ वा हुँदैन भन्ने अन्यौल छ ।
घरेलु तथा साना उद्योग कार्यालयले गत वर्ष नियमित तर्फ ३४ प्रतिशत प्रगती गरेको छ भने गरिबी निबारणका लागि लघु उद्यम बिकास कार्यक्रम तर्फ ४० प्रतिशत मात्रै प्रगती भएको कार्यालय प्रमुख पौडेलले बताए । कर्मचारी अभावका कारण कार्यक्रम संचालन गर्न समस्या भएको छ । आठ जनाको दरबन्दी रहेको कार्यालयमा एक जना कार्यालय प्रमुख स्थायी बाहेक एक जना अपरेटर र दुई जना कार्यालय सहयोगी करारमा कार्यरत छन् । यस अघि घरेलु तथा साना उद्योग बिकास समितिबाट सरकारी कार्यालयमा रुपान्तरण भएकाले गत वर्ष कार्यक्रम ढिला हुँदा अपेक्षा अनुसार काम गर्न नसकिएको प्रमुख पौडेलले बताए ।




