| शनिबार, कार्तिक २८, २०८३

स्थापना दिबसको अवसरमा लायन्स क्लवद्वारा खाद्यान्न सहयोग

लायन्स क्लव अफ गोरखाले बालमन्दिर माध्यामिक विद्यालयमा आबासिय रुपमा बस्दै आएका विद्यार्थीलाई खाद्यान्न सहयोग गरेको छ ।

नेपालमा क्लव स्थापना भएको ५० औँ वर्षको अवसर पारेर आईतवार विद्यालयलाई १० हजार बरावरको खाद्यान्न सहयोग गरिएको लायन्स क्लव अफ गोरखाका अध्यक्ष श्यामबाबु श्रेष्ठले बताए ।

चामल, तेल लगायतका खाद्यान्न लायन्स क्लवका अध्यक्ष श्रेष्ठले विद्यालयका प्रधानाध्यापक लुमनाथ लामिछानेलाई हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा लायन्स क्लवका पूर्व अध्यक्षहरु, पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।

यस्तै लायन्स क्लव अफ गोरखा कालिकाले गोरक्षनाथ वैद्धिक गुरुकुल विद्यालयलाई पोसिलो खाना खुवाएको छ । स्थापना दिबसको अवसर पारेर खिर खुवाइएको अध्यक्ष रिता रेग्मीले बताईन ।

विश्वमा लायन्स क्लव स्थापना भएको एक सय तीन वर्ष पुगेको छ । नेपालमा पहिलो पटक बिराटनगरबाट लायन्स क्लवको गठन आरम्भ भएको थियो ।

प्रतिक्रिया दिनुहोस्