| शनिबार, कार्तिक २८, २०८३

दुईदिन अनियमित टेलिफोन र एडिएसएल इन्टरनेट आज देखि सुचारु

शुक्रवारदेखि अवरुद्ध ल्याण्डलाईन टेलिफोन र इन्टरनेट मर्मत सकिएको नेपाल टेलिकम दुरसंचार कार्यालय गोरखाले जनाएको छ ।

आज बिहानदेखि सबै ठाउँमा टेलिफोन र इन्टरनेट सुचारु भएको टेलिकम गोरखाका प्राविधिक सन्दिप ढकालले बताए ।
आजदेखि कुनै ग्राहाकको टेलिफोन वा इन्टरनेट नचलेमा तत्काल टेलिकममा गुनासो टिपाउन सकिने उनले बताए ।

साउन २३ गतेदेखि २६ गते सम्म मर्मत गर्न समय लाग्ने अनुमान गरिएपनि दुई दिनभित्रै काम सकिएको हो ।

अब गोरखामा ल्याण्डलाईन टेलिफोन रहेका एक हजार छ सय सबै ग्राहकलाई एडिएसएल इन्टरनेट दिन सकिने दुरसंचार कार्यालय गोरखाका प्रमुख चन्द्रबहादुर श्रेष्ठले बताए । अब इन्टरनेटको क्षमता पनि बढ्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्