
लुईटेल स्कूलका दुवै अध्यक्षलार्ई बलात्कार मुद्दा
दराैँदी समाचारदाताः २०७५ भदौमा सम्पन्न अभिभावक भेलाले अमरज्योति माध्यमिक विद्यालय लुइँटेलको व्यवस्थापन समिति सदस्यमा चार जनालाई चुन्यो । ती चार जनाले स्थानीय प्रकाश न्यौपानेलाई मनोनित गरे र समितिको अध्यक्ष चयन गरे ।
करिब ११ महिनापछि २०७६ असारमा उनले सो विद्यालयकी एक दृष्टिबिहिन छात्रामाथि यौन दुव्र्यबहार गरे । सोही मुद्धामा तारेखमा आउँदा बास बसेको होटलसंगैको घरकी अर्की एक महिलामाथि फेरि यौन दुव्र्यबहार गरे । अहिले उनी एकबर्षदेखि थुनामै छन् ।
उनी थुनामा परेपछि विद्यालय व्यवस्थापन समितिले विद्यालय रहेको वडा नं. ४ का वडाअध्यक्ष ठाकुरकान्त रानाभाटलाई समितिको अध्यक्ष चयन गर्यो । अध्यक्ष रानाभाटले पनि सो विद्यालयको अध्यक्ष बनेको एक बर्षभित्रै त्यस्तै अप्रिय घटना घटाए । सोही विद्यालयमा कक्षा नौ मा अध्ययरत एक छात्रामाथि जबर्जस्ती करणी गरेको आरोपमा गत साउन उनी गत मंगलबार पक्राउ परे । ‘बिबाह गर्ने प्रलोभनमा पारी बारम्बार जबर्जस्ती करणी’ गर्ने गरेको अभियोग उनीमाथि छ ।
उनी दुईदिनदेखि थुनामै छन् ।
‘हुन त यो संयोग हो, तर पनि एउटै विद्यालयका दुई अध्यक्षहरु एकबर्ष नबित्दै एउटै केसमा थुनामा छन्’, पालुङ्टार नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम काराखेती भन्छन्, ‘दुखद घटना भयो ।’
बुधबार विद्यालय व्यवस्थापन समितिको बैठक बसी रानाभाटलाई अध्यक्षका लागि दिइएको समर्थन फिर्ता लिइएको निणर्य गरेको प्रधानाध्यापक माधव देवकोटाले जानकारी दिए ।
अहिले सो विद्यालयमा ‘अध्यक्ष पद पुन रिक्त’ रहेको विद्यालयले जनाएको छ ।




