| शनिबार, कार्तिक २८, २०८३

नेकपा फुट्दैन, सुदृढ भएर अघि बढ्छ : प्रवक्ता श्रेष्ठ

नेपाली कम्यूनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायण काजी श्रेष्ठले पार्टी नफुट्ने बताएका छन् । समाजवादमा जाने उद्देश्यलाई केन्द्रबिन्दुमा राखेर पार्टी एकिकरण भएको बताउँदै उनले भने ‘पार्टीमा समस्या छ तर सुदृढ गरेर अघि बढिन्छ ।’

पार्टी र सरकारको अवस्था, भुमिकाको समिक्षा गर्ने क्रममा नीतिको आधारमा नचलेको देखिएको उनले बताए । ‘पार्टी र सरकार राम्रो संग चलाउन सच्चिनुपर्छ, समस्या निश्चित छ, तर एक पद छाड्ने भन्ने प्रस्ताब पार्टीको औपचारीक बन्न सकेन ।’

प्रधानमन्त्री वा अध्यक्ष मध्ये एक पद मात्रै लिनुपर्ने भन्ने विषय पार्टी र सरकार राम्रोसँग चलाउने बारेमा आएको ब्यक्तिगत बिचार भएको उनले बताए ।

सरकारले सकारात्मक काम गरेपनि केही महत्पूर्ण मुद्धामा चुकेको बताउँदै नेता श्रेष्ठले भने ‘जारी स्थायी बैठक बस्छ, बस्नुपर्छ, प्रधानमन्त्रीले आएर आफ्ना कुरा राख्नुपर्छ, अरुको कुरा पनि सुन्नुपर्छ ।’ पार्टी र सरकार राम्रो सँग संचालन हुन नसकेपछि विधि र पद्धतीबाट चलाउने गरी अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

नेकपा भित्रको समस्यालाई निकास दिने जिम्मेवारी पनि पहिलो अध्यक्ष र प्रधानमन्त्री समेत भएकाले केपी ओलीको नै रहेको उनले बताए ।

अहिले देखिएका बिवादलाई बैठकबाट सामाधान गर्ने र पार्टी एकता कायम रहने दावी प्रवक्ता श्रेष्ठको छ ।

प्रतिक्रिया दिनुहोस्