
पत्रकारलाई सामाजिक सञ्जालमा तथानाम लेख्ने युवा पक्राउ
सामाजिक सञ्जाल फेसबुकमा पत्रकारलाई तथानाम गलिगलौज गरी स्टाटस लेख्ने शहिदलखन गाउँपालिका ८ का बुङ्कोट हटियाका मनोज राना मगर पक्राउ परेका छन् ।
पत्रकार महासंघ गोरखा शाखाले आईतवार जिल्ला प्रहरी कार्यालयमा राना मगरले पत्रकारहरुको चरित्र हत्या गर्ने गरी तथानाम गलिगलौज गरेको भन्दै उजुरी गरेको थियो । ‘हामीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ’ जिल्ला प्रहरी कार्यालयका डिएसपी बासुदेव खतिवडाले भने ।




