
हिमाली कालोभालुले घरपालुवा पशुचौपायामा क्षति
दराैँदी समाचारदाताः मनास्लु संरक्षण क्षेत्रमा कालोभालुले पशुचौपायामा आक्रमण गरेर क्षति पुर्याएको छ । बैशाख र जेठ दुई महिनामा मात्र २९ वटा घरपालुवा पशुचौपाया कालोभालुले मारेको स्थानीयबासीले बताएका छन् ।
कालोभालुले याक, चौँरी, झोँपा, गाई, साँढेलगायतका पशुचौपायामा क्षति पुर्याएको मनास्लु संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार चुमनुब्री गाउँपालिका १ सामागाउँ, वटा नं. २ ल्हो, वडा नं. ४ प्रोक र वडा न. ५ बिहीमा मात्र २९ वटा पशुचौपाया मारेको छ ।
सामागाउँमा छ वटा चौरी, छ वटा याक, एउटा साँढे र चारवटा झोपा गरी १७ वटा पशुचौपाया मारेको मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)ले जानकारी दियो । त्यस्तै ल्होमा चारवटा याक, चार वटा गाई र चारवटा झोँपा गरी १२ वटा पशुचौपाया मारेको एमक्यापका प्रमुख नरेन्द्र लामाले जानकारी दिए ।
भालुले अन्नबाली खाएर सखाप पारेपछि बिगत केहीबर्षदेखि स्थानीय किसानले खेतीबाली वरिपरि करेण्ट जडित तारबार गर्ने गरेका थिए तर अहिले पशुचौपाया समेत क्षति पुर्याएको स्थानीयबासीको भनाइ छ ।




