
गोरखा दरबार जाने सडकको दायाँ बायाँ उवासंघ द्वारा वृक्षारोपण
गोरखा उद्योग बाणिज्य संघले गोरखा दरबार जाने सडकको दायाँ बायाँ वृक्षारोपण गरेको छ । हरेक वर्ष वृक्षारोपण गर्दै आएको संघले आज बिहान एक कार्यक्रम गरि एक सय वटा बिरुवा रोपेको हो । कार्यक्रममा गोरखा नगरपालिकाका नगरप्रमुख राजनरान पन्त, प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई लगायतले वृक्षारोपण गरेसँगै हुर्काउनमा जोड दिनुपर्ने सुझाब दिए । पदेलथोक टोल बिकास संस्थाले संरक्षण गर्ने गरी तारबार सहित गल्की, गोलमोहोर, जाकाराण्डा, कपुर, अशोकाको बिरुवा रोपिएको टोल बिकास संस्थाका अध्यक्ष मंगलबहादुर थापाले बताए । उद्योग बाणिज्य संघका अध्यक्ष जिवनज्योती श्रेष्ठले बिरुवा संघले रोपेर हुर्काउने जिम्मा टोल बिकास संस्थालाई दिएको बताए । कार्यक्रममा ब्यापारी, ब्यवशायी, संघ संस्थाका प्रतिनिधी, सरकारी कार्यालयका प्रमुखहरुको उपस्थिती रहेको महासचिव राजुबाबु श्रेष्ठले जानकारी दिए ।




