| शनिबार, कार्तिक २८, २०८३

सिरानचोक गाउँ कार्यपालिकाको नाममा २८ रोपनी जग्गा पास, भवन निर्माण प्रक्रिया छिट्टै

दराैँदी समाचारदाताः चित्रेपोखरीमा गाउँपालिकाको प्रशासकीय भवन बनाउने गरी केन्द्रको टुङ्गो लागेपछि सिरानचोक गाउँपालिकाले प्रशासकीय भवन लगायत बिभिन्न कार्यालय भवन निर्माण गर्न जग्गा जुटाएको छ । कार्यालय भवन निर्माणका लागि पहिलो चरणमा २८ रोपनी जग्गा प्राप्त गरेको गाउँपालिकाका अध्यक्ष राजु गुरुङले जानकारी दिए ।

नौजना बाट प्राप्त २८ रोपनी जग्गा बुधबार मालपोत कार्यालयबाट प्रक्रियागत रुपमा स्वामित्व हात पारेको हो । गाउँपालिकाले प्रहरी चौकी निर्माण गर्नका लागि पाँच रोपनी जग्गा उपलब्ध गराएको छ । ‘छिट्टै आठ रोपनी जग्गा पनि हात पर्नेछ’, अध्यक्ष गुरुङले भने, ‘त्यहाँ गाउँ कार्यपालिकाको प्रशासकीय कार्यालय निर्माण हुनेछ । त्यस्तै स्वास्थ्य शाखा, शिक्षा शाखा, कृषि र पशु शाखा, बहुउद्देश्यीय सेमिनार हल निर्माण हुनेछन् ।’ भवन निर्माण नहुञ्जेल अब गाउँपालिकाका कार्यालयहरु चित्रपोखरीबाटै सञ्चालन हुनेछन् ।

हाल छोप्राक बाट सञ्चालन भइरहेको गाउँपालिकाको कार्यालय अब चित्रेपोखरीबाट सञ्चालन हुने अध्यक्ष गुरुङले जानकारी दिए । भवन निर्माण नहुञ्जेल गाउँ कार्यपालिकाको कार्यालय, शिक्षा, स्वास्थ्य, कृषि, पशु शाखाका भवनहरु सोही ठाउँमा सञ्चालन हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्