
प्रदेश सरकारद्वारा गोरखाका ५१ सडकलाई बजेट
शिव उप्रेतीः गोरखामा चालु आर्थिक बर्ष प्रदेश सरकारले बिभिन्न ५१ वडा सडकलाई बजेट बिनियोजन गरेको छ । पूर्वाधार विकास कार्यालय अन्तर्गत कार्यान्वयन हुने गरी ११ वटा पालिकाका ५१ वडा सडकलाई बजेट बिनियोजन भएको हो ।
गण्डकी प्रदेश सरकारले चालु आर्थिक बर्षका लागि छेपेटार चित्रेपोखरी भच्चेक दूधपोखरी सडकलाई पाँचकरोड रुपैयाँ बिनियोजन गरेको छ । त्यस्तै जुम्लीचौतारा राइनास सडकका लागि ५० लाख, त्यस्तै घैरुङ, फुजेल सडकलाई ५० लाख, गैरीचौतारा, छापथोक मैलुङ सडकलाई ५० लाख, कयभञ्ज्याङ, चौतारा, धावा सडकलाई ५० लाख, बड्डाँडा, सामाचौर, फलामखानी, बानियाँगाउँ, नर्सरी, आँपपिपल सडकलाई ५० लाख, ढोडेनी, सौरपानी ताकुकोट सडकलाई ५० लाख, बुङ्कोट, काउलेभँगार, चौताराडाँडा, रिपथोक, रामभञ्ज्याङ, फुजेल सडकलाई ५० लाख, अँबुवा, बक्राङ मनकामना सडकलाई ५० लाख र नयाँबजार, मान्द्रेढुङ्गा छेपेटार सडकलाई ५० लाख रुपैयाँ बिनियोजन गरेको छ ।
त्यसैगरी प्रदेश सरकारले ढुङ्गागाढे, बुङ्कोट, नामजुङ, घैरुङ, मनकामना सडकलाई नौ करोड ८८ लाख, बारपाक, लाप्राक सडकलाई पाँच करोड, राधाकृष्ण मन्दिर, कालामाटा, पौवाटार, बिरुवाटार, मिलनचोक, सल्ताङरी, हटिया, मझुवा सडकलाई पाँच करोड, ढोडेनी, सिम्जुङ, गोगनपानी, मल्ले, भच्चेक सडकलाई पाँच करोड, रुइला, साम्दो, ल्हो, प्रोक, बिही, सिर्दिबास सडकलाई दुई करोड, सिउरेनीटार, फिस्लिङ, बुटार, रागिनास सडकलाई एक करोड ५० लाख, नारेश्वर, पणिनीचौतारा, निवेल, ताकुकोट सडकलाई छ करोड ७७ लाख, लाप्राक, सिङ्ला, उहिया सडकलाई एक करोड २५ लाख, काशिगाउँ, केरौँजा, रुञ्चेत सडकलाई एक करोड ५० लाख, गैरीछाप, बालुवा, आरुपोखरी, आरुघाट सडकलाई एक करोड २५ लाख, पालुङ्टार, केराबारी, बुधसिङ, दुधपोखरी सडकलाई एक करोड ५० लाख, अँबुवा, बिर्दी, पौवाटार, कालामाटा, एयरपोर्ट सडकलाई एक करोड २५ लाख, सभाचौतारो, आँपपिपल अस्पताल, आँपपिपल सडकलाई दुई करोड रुपैयाँ बिनियोजन भएको छ ।
त्यस्तै मकैसिङ, बुटार सडकलाई ५० लाख, लक्ष्मीबजार, घैरुङ सडकलाई ५० लाख, फूलपातीभञ्ज्याङ, अलैँचे, स्वाँरागाउँ सडकलाई ५० लाख, आरुघाट, फूलपाती भञ्ज्याङ, स्वाँरागाउँ, लापु सडकलाई एक करोड, लापुगाउँ, लापुबेशी सडकलाई ५० लाख, झिँगटेभञ्ज्याङ, बोर्लाङ हेल्थपोष्ट, पिपलटार सडकलाई ५० लाख, सोती, मान्बु, काशिगाउँ सडकलाई एक करोड, माछाखोला, लप्सीबोट, यमगाउँ, गुम्दा सडकलाई दुई करोड ५० लाख, सातदोबाटो, जोगीडिही, बागडाँडा, गाईखुर, पालुङटार सडकलाई एक करोड २५ लाख रुपैयाँ बिनियोजन गरेको छ ।
त्यस्तै रबर उद्योग, गोप्लिङ, धुवाँकोट, च्याङ्ली सडकलाई एक करोड ५० लाख, सिम्जुङ, घ्याच्चोक, धन्सिरा सडकलाई ५० लाख, भच्चेक, लप्सीबोट, खरिबोट, केप्रुङ, वलाङ सडकलाई ५० लाख, मुसेखोला, दानीगाउँ, नाम्रुङ सडकलाई ५० लाख, चनौटे, ढिस्का, भच्चेक सडकलाई ५० लाख, खोर्लाबेशी, खोर्लागाउँ सडकलाई ५० लाख, झ्याल्लाफाँट, ओलाङ, साउने सडकलाई ५० लाख रुपैयाँ बिनियोजन भएको छ ।
त्यस्तै प्रदेश सरकारबाट प्रादेशिक सडक मर्मत सम्भार शीर्षकमा दुई करोड, फिस्लिङ, भुम्लिचोक सडकलाई दुई करोड ५० लाख, घ्याम्पेशाल, पाँचखुवा देउराली, ताकुकोट सडकलाई तीनकरोड ५० लाख, गोरखा अस्पताल, बराह, आहाले, फिनाम सडकलाई दुई करोड, ठूलोआँगन, सतिपिपल, गैरीकुवा, गोरखा दरबार सडकलाई ४० लाख, समिफेद, पन्थडिही, कटहरे, हर्मी सडकलाई एक करोड ५० लाख बिनियोजन गरेको छ ।
त्यस्तै सालबसाली रुपमा सम्पन्न गर्नेगरी सुरु भएका तर सम्पन्न हुन नसकेकी चालु आबमा पनि दायित्व सिर्जना भएका सडकहरुका लागि एक करोड ५० लाख, आर्खेत, सोती, लापुवेशी, माछाखोला सडकका लागि दुई करोड, ग्याजी, रातामाटे, खारचोकभञ्ज्याङ सडकका लागि ५० लाख, चित्रे, उपल्लोपाम, राम्चे हुदै चिलाउनेपानी सडकका लागि ५० लाख, नयाँसाँगु, वडा कार्यालय, अमरसिँह स्मारक, चिलाउनेगाउँ, सान्नानीभञ्ज्याङ सडकका लागि ५० लाख, धारापानी, डाँडागाउँ, लाँकुरीडाँडा, जीवन निमावि, सार्की आहाल, सिम्ले सडकका लागि ५० लाख र प्रदेश सडकमा टूाफिक चिन्ह, रोड फर्निचर्स निर्माण गर्न ४० लाख रुपैयाँ बिनियोजन भएको छ ।




